२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पानी जहाजभित्र लोकदोहोरी घन्किने



अ+ अ-

सिड्नी, ३० डिसेम्बर । अष्ट्रेलियाको सिड्नीमा पानी जहाजभित्र लोकदोहोरी घन्किने भएको छ । नेपालका सडक बालबालिकालाई सहयोग गर्न अष्ट्रेलियाको सिड्नीमा हुने क्रुज पार्टीमा लोक तथा दोहोरी गित घन्किने भएको हो ।
नेपाल अष्ट्रेलियन युथ एसोसिएसन (नयाँ) को आयोजनामा नेप्लीज क्रुज पार्टी २०१४ मा त्यसका साथै अरु विभिन्न सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
आगामी जनवरीको १८ तारिखमा हुने क्रुज पार्टीमा विभिन्न मनोरन्जनात्मक कार्यक्रमका साथै बच्चाका विभिन्न क्रियाकलापहरु पनि प्रस्तुत गरिने भएको छ ।
कार्यक्रमबाट उठेको रकम नेपालमा रहेका सडक बालबालिकाको हितमा खर्च गरिने आयोजकले जनाएको छ ।
कार्यक्रममा सहभागिताका लागि पाँच बर्ष देखि १५ बर्ष सम्मका बालबालिकाको लागि ३० डलर र त्यस भन्दा बढि उमेरका लागि ६० डलर तोकिएको छ ।
पाँच बर्ष मुनिका बालबालिकाको लागि भने निशुल्क ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।