• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo
Latest
★   लिभरपुललाई प्रिमियर लिग उपाधि होडमा फेरि धक्का, वेस्टहामसँग अंक बाँड्यो ★   बझाङ उपनिर्वाचनमा ४९.१२ प्रतिशत मतदान ★   दिल्लीले मुम्बईलाई २५८ रनको लक्ष्य दियो ★   इलाम–२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो, ५७ प्रतिशत मत खस्यो ★   आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबीच एकता ★   पुँजी बजारमा स्वदेशी लगानीकर्ताको सुरक्षाको माग गर्दै काठमाडौंमा सरकारबिरुद्ध प्रदर्शन ★   घाइते अवस्थामा बाघ देखापरेपछि वन प्रवेश निषेध ★   संसद्लाई कमजोर नबनाउन कांग्रेसको आग्रह ★   लगानी सम्मेलन: एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित ★   इलाम २ उपनिर्वाचन: मत गणनास्थल तयारी अवस्थामा

गैंडाकोट समाज अष्ट्रेलियाको सक्रियतामा विद्यालय भवन बनाउन सहयोग संकलन



सिड्नी । नवलपरासीको गैंडाकोटमा रहेको विजय निम्न माध्यमिक विद्यालयको भवन निर्माणका लागि अष्ट्रेलियामा सहयोग संकलन गरिएको छ ।
विद्यालयमा भवनको अभाव भएपछि गैंडाकोट समाज अष्ट्रेलियाको सक्रियतामा सहयोग संकलन गरिएको हो । समाजका अध्यक्ष विष्णु प्रभातले विद्यालय भवन बनाउने पवित्र कार्यमा आफुहरु लागेको बताए । विद्यालयमा भवन अभावका कारण विद्यार्थीहरुलाई पठनपाठनको समस्या भएकाले आफुहरु सक्रिय भएको प्रभातको भनाई छ ।

समाजले भवन निर्माणका लागि सक्दो सहयोग गर्न अष्ट्रेलिया र अष्ट्रेलिया बाहिर रहेका गैंडाकोट बासी तथा सबै नेपालीहरुलाई आग्रह गरेको छ ।
समाजले सहयोग गर्न चाहनेहरुका लागि सिड्नीमा अध्यक्ष विष्णु प्रभातको सम्पर्क नम्बर ०४१६७५४४६६ वा महासचिव शरद खरेलको टेलिफोन नम्बर ०४३१२४५८२५ मा सम्पर्क गर्न सकिने जनाएको छ । यस्तै, सिड्नीमै कोषाध्यक्ष दिनेश अधिकारीको सम्पर्क नम्बर ०४५२२२९१३६ मा सम्पर्क गर्न सकिने र पर्थका लागि कार्यकारी सदस्य दीपक शर्माको सम्पर्क नम्बर ०४५१४६७७७४ मा तथा क्यानबेराका लागि कार्यकारी सदस्य खगराज पौडेलको सम्पर्क नम्बर ०४४९९४३८७७ मा सम्पर्क गरी सहयोग गर्न सकिने गैंडाकोट समाज अष्ट्रेलियाले जनाएको छ ।