२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापाली समाज सिड्नीमा बनभोज गर्ने



अ+ अ-

सिड्नी । झापाली समाज अष्ट्रेलियाले सिड्नीमा बनभोज कार्यक्रम गर्ने भएको छ ।संस्थाका कोषाध्यक्ष अशोक ओलीका अनुसार अगष्ट २४ आइतबारका दिन एसफिल्डपार्कमा दिउँसो १बजे देखि ५ बजेसम्म बनभोज कार्यक्रम गरिनेछ । कार्यक्रममा संस्थाको सदस्यता नविकरण लगायत परोपकारी तथा झापा जिल्लाका लागि सेवामुखी कार्यक्रमहरुको बारे छलफल गरिने तयारी रहेको जानकारी गराइएको छ ।
१७ महिना अघि स्थापना भएको यस संस्थाले हाल सम्म झापाको कन्काइमाई नदिमा आर्यघाट निर्माणको लागि ५ लाख भन्दा बढी आर्थिक सहयोग, एसएलसीमा बोर्डफस्ट भएका झापाका विद्यार्थीलाई नगद तथा सम्मान, झापाका अग्रज नेताहरु, उद्यमी तथा नागरिक समाजका ब्यक्तिहरुसग झापामा अन्तर्कृया, सिड्नीमा रक्तदान कार्यक्रम लगायतका कार्य सम्पन्न गरिसकेको झापाली समाज अष्ट्रेलियाका अध्यक्ष दिनेश पोखरेलले जानकारी दिए ।संस्थाले अष्ट्रेलियामा रहेका झापालीहरुविच आपसी सदभाव कायम गर्न र आफ्नो जन्मभुमिका लागि पनि केही गरौ भन्ने पवित्र उद्धेस्यका साथ बनभोज कार्यक्रम गर्न लागिएको जनाइएको छ । संस्थाले सबै सिड्नीमा बसोवास गर्ने झापालीहरुलाई उक्त कार्यक्रममा उपस्थितिको लागि निमन्त्रणा समेत गरेको छ ।