२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिड्नीमा गजल मशायरा हुने



अ+ अ-

सिड्नी । नेपाली वाङ्ग्मयमा लोकपृय बन्दै गएको गजल प्रवासको नेपाली समाजमा पनि लोकपृय बन्दै गएको भन्दै सिड्नीमा गजल मशायरा कार्यक्रमको आयोजना गरिएको छ । प्रवासमा गजल विधाको उत्थान तथा प्रवर्धन गर्ने उदेश्यका साथ सिड्नीमा नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाले गजल कार्यक्रम गर्न लागेको हो ।
अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को साथमा हुने सम्पूर्ण गजल कार्यक्रम ूगजल मुशायराूमा सहभागी हुन आयोजकले सिड्नीमा रहेका नेपालीहरुलाई आह्वान गरेको छ ।
यहि अगस्ट २४, २०१४ आइतबारको दिन आयोजना गरिने कार्यक्रममा सिड्नीमा रहेका दश जना गजलकारहरुको गजल वाचनका साथै गजल गायन एवं नृत्य पनि प्रस्तुत गरिने छ ।
साहित्य तथा संगीतको अनुपम संयोजन रहने उक्त गजलमय मनोरन्जनात्मक कार्यक्रममा अनौपचारिक रहने र कुनै औपचारिकताहरु समावेश नगरिएको आयोजकले जनाएको छ ।
एस्फिल्ड क्याथोलिक क्लबमा दिउसो एक बजे हुने कार्यक्रममा प्रवेश ूनिशुल्कू रहेको कार्यक्रममा उपस्थिती भई सर्जकहरुको हौसला बढाउन आयोजकले आग्रह गरेको छ ।