२ भाद्र २०८३, मंगलवार
,
Latest
साउनमा श्रमिकलाई १ करोड ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे सभामुखद्वारा सांसद आशिका तामाङलाई संसदीय मर्यादा कायम राख्न निर्देशन नेपाल–चीनका नेपाली विद्यार्थीबीच सहकार्य बढाउन एनएसओ चाइनाको सम्पर्क कार्यालय विदेशस्थित नेपाली नियोगका भवन निर्माण प्रक्रिया अघि बढाउँदै सरकार नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन सरकार सक्रिय छः पर्यटनमन्त्री पौडेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज लघुवित्तपीडितको धर्नास्थल पुल्चोक जाने प्रधानमन्त्री बालेन शाहद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुष्कर शाहले सुनाए विश्वयात्राको रोमाञ्चक अनुभव



अ+ अ-

सिड्नी । अस्ट्रेलियाको यात्रामा रहेका विश्व साईकल यात्री पुश्कर शाहले सिड्नीका नेपालीहरुलाई आफुले भोगेका अनुभव सुनाएका छन् ।
१७ अगष्ट आईतवार रकडेलमा रहेको सेन्ट जर्ज माइग्रेसन सेन्टरमा भएको कार्यक्रममा शाहले विश्वयात्राका बारेमा भोगेका रोमान्चक विवरण सुनाएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका न्यु साउथ वेल्सका लागि नेपाली महाबाणिज्यदुत दिपक खड्काले शाहले नेपाल र नेपालीलाई विश्वमा चिनाएको बताए ।
शान्तिका लागि शाहले शुरु गरेको विश्व साईकल यात्रा आज पनि सान्दर्भिक रहेका खड्काको भनाई थियो । कार्यक्रममा एनआरएन संरक्षक इन्द्रा वनले पुष्कर शाह विश्व माझ नेपालीको दुत भएको भन्दै दोस्रो पटक अस्ट्रेलियामा शाहलाई स्वागत गर्न पाएकोमा खुशी ब्यक्त गरिन ।
कार्यक्रममा दोलखा निवासि केदार पोखरेलले शाहको बारेमा तयार पारिएको कविता प्रस्तुत गरेका थिए ।
दुई महिना अघि सिड्नी आएका शाहको यो दोस्रो अस्ट्रेलिया भ्रमण हो । उनले अस्ट्रेलियाका सबै राज्यको साइकलबाट यात्रा गरेका छन् । यात्राका क्रममा भेटेका नेपालीहरुसँग शाहले नेपालको दुर्गम हिमाली क्षेत्रको बिकास गर्न अघि सारिएको “ग्रेट हिमालयन ट्रेल” को बारेमा प्रस्तुति गरेका थिए । साइकल पर्यटन मार्फत ती क्षेत्रमा सामाजिक रुपमन्तरण गर्ने आफ्नो योजना रहेको शाहले सुनाए ।
पुष्कर शाहको अस्ट्रेलियाको यात्रालाई सहयोग गर्दै आएका चिन्तन ढुंगेलले साहको यात्रा अनुभव र परोपकारी परियोजनाबारे सिड्नीबासी नेपालीलाई जानकारी दिन कार्यक्रमको आयोजना गरिएको बताए ।




भर्खरै