२ भाद्र २०८३, मंगलवार
,
Latest
साउनमा श्रमिकलाई १ करोड ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे सभामुखद्वारा सांसद आशिका तामाङलाई संसदीय मर्यादा कायम राख्न निर्देशन नेपाल–चीनका नेपाली विद्यार्थीबीच सहकार्य बढाउन एनएसओ चाइनाको सम्पर्क कार्यालय विदेशस्थित नेपाली नियोगका भवन निर्माण प्रक्रिया अघि बढाउँदै सरकार नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन सरकार सक्रिय छः पर्यटनमन्त्री पौडेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज लघुवित्तपीडितको धर्नास्थल पुल्चोक जाने प्रधानमन्त्री बालेन शाहद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिड्नीमा बन्यो नेपाल गृह



अ+ अ-
नेपाल फेष्टिबल आयोजनास्थलमा बनाइएको स्वागतद्वार

सिड्नी । अष्ट्रेलियाको सिड्नीमा नेपाल गृह बनेको छ । सेप्टेम्बर छ मा आयोजना हुने नेपाल फेष्टिबलका लागि सिड्नीको डार्लिङ हार्वरमा नेपाल गृह बनेको हो । फेष्टिबल स्थलमा प्रबेश गर्ने स्थानमा भव्य स्वागतद्वार बनाइएको छ, जहाँ नेपाल हाउस लेखिएको छ ।
प्रबेशद्वार पुग्दा नै नेपाल पुगेजस्तो महशुस र नेपालको झल्को हुनेगरी निर्माण गरिएको छ । स्वागतद्वारबाट भित्र प्रबेश गरेपछि पनि नेपाल नै प्रबेश गरेजस्तो महसुस हुनेगरी सजावट गरिएको छ ।
नेपाली हस्तकलाका साथै विभिन्न संस्कृति झल्कने थरिथरिकाका स्टलहरुले नेपालको झल्को दिनेछन् । खानाका लागि मात्रै दश वटा र अन्य २४ वटा गरी ३४ वटा स्टलहरु आयोजनास्थलभित्र तयार गरिएको छ । नेपाली कला, संस्कृति, भेष, भुषा, रिति रिवाज र परम्परा झल्कने गरी आयोजनास्थललाई सजाइएको छ । नेपाल फेष्टिबल आयोजनास्थल तुम्बलंग पार्क डार्लिङ्ग हार्वर मा भएको सजावटले सगरमाथा र बुद्वको देश नेपाललाई विश्वभरी चिनाउन मद्यत पुग्ने आयोजक गैर आवसीय नेपाली संघ एनआरएन अष्ट्रेलियाको विश्वास रहेको छ ।
महोत्सवमा पहिलो सगरमाथा आरोही तेञ्जिङ्ग नोर्गे शेर्पाका नाति टाशी तेञ्जिङ्ग शेर्पाले आफ्ना हजुरबुवाको रोचक हिमाल यात्राको कथा सुनाउनेछन् । महोत्सवबाट नेपालको पर्यटन पर्वर्दनमा पनि सहयोग पुग्ने आयोजकको विश्वास छ ।

नेपाल महोत्सवको बारेमा सम्बन्धित निकायकी कर्मचारीलाई जानकारी गराउँदै आयोजकहरु ।
नेपाल महोत्सवमा राखिने स्टलहरुको बारेमा जानकारी दिदै सिड्नी सिटि काउन्सिलसंग अनुमति लिदै ।
पहिलो सगरमाथा आरोही तेञ्जिङ्ग नोर्गे शेर्पाका नाति टाशी तेञ्जिङ्ग शेर्पा (बीचमा) आफ्ना हजुरबुवाको रोचक हिमाल यात्रा सुनाउन सिड्नीमा ।
फेष्टिबल आयोजनास्थल तुम्बलंग पार्क, डार्लिङ्ग हार्वर को झकिझकाउ दृश्य ।




भर्खरै