२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्रानभीलमा दशैंतिहार साँझ हुने



अ+ अ-

सिड्नी । ग्रानभिल नेपाली सामूदायिक क्लबले नेपाली हिन्दुहरुको महान चाड दशैं र तिहारको पूर्वसन्ध्यामा ‘दशैं तिहार साँझ २०१४’ आयोजना गर्ने भएको छ ।
आगामी सेप्टेम्बर २० का दिन ग्रानभील टाउन हलमा रमाइलो साँझ आयोजना गर्न लागिएको हो । यस कार्यक्रममा नेपाली समूदायका विभिन्न कलाकारहरुले आकर्षक प्रस्तुत दिने क्लबले जनाएको छ ।
यस्तै कार्यक्रममा सांगीतिक कार्यक्रमका साथै डिजे सेसन, नेपाली परिकारहरु समेत पस्किने तयारी गरिएको छ ।
सन् २००९ मा बनाइएको ग्रानभिल नेप्लिज कम्युनिटी क्लबले हरेक वर्ष यस्तै कार्यक्रम गरी देश भन्दा टाढा बसेका नेपालीहरुलाई एकताबद्ध गराइरहेको छ ।
देश भन्दा टाढा रही चाडवाडमा एक्लो र खल्लो महसूस नहोस् भन्ने उद्देश्यका साथ क्लबले दशैं तिहार साँझ मनाउन लागेको हो ।
यस्तै, नेपाली कला, संस्कृतिको प्रबद्र्धनमा सहयोग पनि पुगोस् भन्ने उद्देश्यले आफ्ना गतिविधि अघि बढाइरहेको क्लबले जनाएको छ ।