२० मंसिर २०८२, शनिबार
,
Latest
निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल आइटिएफ टेनिसः नेपालकी शिवाली फाइनलमा स्वास्थ्य मन्त्री डा गौतमद्वारा स्वास्थ्य बिमा सुधार्न छलफल संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘Winter EV Service And Exchange Camp’ घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सवारी चालकमाथि सार्वजनिक अपराध मुद्दा



अ+ अ-

दमौली, २७ मंसिर । मादक पदार्थ सेवन गरी तनहुँ जिल्लाभित्र सवारी साधन चलाउने तीन जना चालकविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँले सार्वजनिक अपराध सम्बन्धी मुद्दा दर्ता गरेको छ ।
धादिङको नौबिसे गाविस वडा नं १ घर भएका ४३ वर्षका शङ्कर श्रेष्ठ, व्यास नगरपालिका–१ का २९ वर्षका हिमकुमार श्रेष्ठ र पोखरा उपमहानगरपालिका–१३ का २२ वर्षका धु्रवबहादुर सुयल थापाविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको जिप्रका मुद्दा शाखाका प्रहरी नायब निरीक्षक मोहनकुमार खड्काले बताए ।
जाँचका क्रममा उनीहरुले मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको पाइएको प्रहरीको भनाइ छ । ती चालकलाई दमौली अस्पतालमा लगेर स्वास्थ्य परीक्षण गर्दा मादक पदार्थ सेवन गरेको पुष्टि भएपछि सार्वजनिक अपराधसम्बन्धी मुद्दा दर्ता गरिएको हो ।
सवारी दुर्घटनामा ९५ प्रतिशतभन्दा बढी चालकको लापर्बाही देखिएपछि मापसे जाँच कार्यलाई तीव्र पारी यस्ता कार्यलाई अभियानकै रुपमा अगाडि बढाइएको हो ।