१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक… रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

यात्रु कोच्न पाउनुपर्ने माग गर्दै चालकहरू आन्दोलनमा



अ+ अ-

कञ्चनपुर, २७ मंसिर । सार्वजनिक सवारी साधनका चालकहरू सरकारी निर्णयको विरोध गर्दै आन्दोलनमा गएपछि कञ्चनपुरका यात्रु मर्कामा परेका छन् ।
चालकलाई हदैसम्मको कार्बाही गर्ने कानुनी प्रावधान लागू गरिएको भन्दै यहाँका सार्वजनिक सवारी साधनका चालकले आन्दोलन थालेका हुन् ।
शुक्रबारदेखि सवारी साधन थन्क्याएर आन्दोलनमा उत्रिएका चालकले आज पनि आन्दोलनलाई जारी राखेका छन् । सडकमा फाट्टफुट्ट रूपमा मात्रै सवारीका साधन सञ्चालन हँुदा यात्रुले हैरानी खेप्नुपरेको छ ।
दुर्घटनामा चालकलाई मात्रै दोषी देखाइनु र शैक्षिक योग्यताको मापदण्ड तोकिने कार्य फिर्ता नहँुदासम्म आन्दोलन जारी रहने नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन कञ्चनपुरका अध्यक्ष गणेशनाथ योगीले बताए ।
महाकाली सेती बस व्यवसायी समिति र पवनदूत बस व्यवसायी समितिमा आबद्ध चालक आन्दोलनमा गएपछि लामो र छोटो दूरीका सवारी साधन चालकलाई आज छलफलका लागि बोलाइएको छ ।