१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक… रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद सेवा दिवसको समापन गरिदै



अ+ अ-

काठमाडौं, २८ मंसिर । संसद सेवा दिवसको आज समापन गरिने भएको छ । दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम गरेर आज विशेष समारोहका बीच समापन गरिने भएको हो ।
सभामुख सुवासचन्द्र नेम्वाङले दिउँसो १ बजे सिंहदरबारमा रहेको पुरानो संसद भवनमा दिवसको समापन गर्न लागेको संसद सचिवालयले जनाएको छ ।
संसदमा सहभागी पाँचै दलका सचेतक सहभागी हुने भएका छन् । दिवसको अवसर पारेर आज उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिने भएको छ ।
यस्तै कविता वाचन, दौड, हाजिरीजवाफ लगायतको प्रतियोगितामा पहिलो हुनेलाई पुरस्कार दिइने भएको छ । नेपालमा ३ वर्ष देखि मंसिर २८ गतेलाई संसद सेवा दिवसको रुपमा मनाउन थालिएको हो । ३ बर्ष अघि संसद सेवा ऐन लागु भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।