२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता

मतदानको प्रक्रियामा जाने काङ्ग्रेस एमालेको निश्कर्ष

मतदानको प्रक्रियामा जाने काङ्ग्रेस एमालेको निश्कर्ष
अ अ+ अ-

काठमाडौं, ३० पुस । प्रमुख दुई सत्तारुढ दलहरु नेपाली काङ्ग्रेस र नेकपा एमालेले मतदानको प्रक्रियाबाट संविधान जारी गर्नुपर्ने निश्कर्ष निकालेका छन् ।
आज बसेको दुई दलको बैठकले सहमति नभएको र नहुने ठहर गर्दै मतदानको प्रक्रियाबाट नै संविधान जारी गर्नुपर्ने निश्कर्ष निकालेको हो ।
बैठकले सहमतिको प्रयास भने जारी राख्ने निर्णय गरेको नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले जानकारी दिए । बैठकपछि उनले संविधानका विवादित विषयमा सहमति गर्न प्रयास भएपनि मतदानको प्रक्रियामा जाने बारेमा बैठकमा छलफल भएको बताए ।
बिहान देखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मतदानको प्रक्रियामा जानका लागि गर्नुपर्ने तयारीका बारेमा पनि छलफल भएको छ ।
सहमतिको संभावना लगभग सकिएको निष्कर्ष निकालेका दुई दल बहुमतीय प्रक्रियाबाट भए पनि संविधान जारी गर्ने रणनीतिको खोजीमा लागेका हुन् । त्यसका लागि अब गर्नुपर्ने तयारीका लागि जुट्ने दुई दलको निश्कर्ष रहेको बैठकमा सहभागी एक नेताले अनलाइन चौतारीलाई जानकारी दिए ।

बैठकमा नेपाली काङ्ग्रेसका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भने सहमति पनि नहुने र मतदानको प्रक्रियामा जान पनि उचित नहुने भएकाले अन्तरिम संविधानलाई नै संसोधन गरेर संविधान जारी गर्न प्रस्ताव गरेका छन् ।
देउवाले नेपालको अन्तरिम संविधान २०६३ लाई संसोधन गरेर ‘अन्तरिम’ शब्द हटाउँदै त्यही संविधान जारी गर्नुपर्ने प्रस्ताव गरेका छन् । बैठकमा सहभागी अन्य नेताहरुले भने मतदानको प्रक्रियाबाट नयाँ संविधान जारी गर्नुपर्नेमा जोड दिएको बताइएको छ ।