२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता

आरुबखडा भाउ पाएन

आरुबखडा भाउ पाएन
अ अ+ अ-
मकवानपुर-जिल्लाको चिसो हावापानी भएका गाविसमा फल्ने आरुबखडाको उचित मूल्य नपाउँदा किसान दिक्क छन्। वर्षैभरि चिसो हावापानी भएको जिल्लाको उत्तरी तथा पूर्वी

 भागका किसानले लगाएका आरुबखडा बजार भाउभन्दा आधामा बेचिरहेको उनीहरुको गुनासो छ।
काठमाडौं पुर्याकउँदा किलोको ४० देखि ५० रुपैयाँमा बिक्री हुने आरुबखडा किसानले बढीमा २० रुपैयाँमा बेच्नुपरेको बताएका छन्।
यसबाट जाम, पाउ, सस र रक्सी लगायत बनाउने गरिए पनि उचित भाउ नपाएको गुनासो फाखेल–४ का पल्टेन रुम्बाले बताए।
वर्षमा एकपल्ट मात्रै फल लाग्ने र उचित मूल्य पनि नपाउँदा किसानहरु यसलाई व्यवस्थित गर्न नसकिएको बताउँछन्। आरुबखडा सानो आकारमा फल्ने र यसलाई रुखबाट टिप्नै बढी मजदुर लगाउनुपर्ने भएकोले खर्च उठाउन पनि मुस्किल पर्ने रुम्बाको भनाइ छ।
गाउँबाट किनेर बजार पुर्यालउँदा व्यापारीले किसानको भन्दा बढी नाफा कमाउने गरेकोले किसान यसबाट लाभान्वित हुन नसकेको उनले बताए।
जेठ र असारमा पाक्ने आरुबखडालाई धेरै दिन राख्न सकिँदैन। यसैको फाइदा व्यापारीले ण्ठाएको किसान बताउँछन्।
पुस, माघमा फूल लाग्ने र जेठ, असारमा पाक्ने एक किलो आरुबखडालाई रक्सी बनाएर बेच्दा सय रुपैयाँसम्म नाफा हुने गरे पनि लगानी अभावमा किसानले त्यसो गर्न नसक्ने रुम्बा बताउँछन्। एउटा बोटमा दुई क्विन्टलसम्म फल्ने आलुबखडाको उचित मूल्य पाए आफ्नो आर्थिक अवस्था सुधि्रने अर्की किसान इन्द्रमाया लामाले बताइन्।
स्वादिलो र रसि
लो हुने भएकाले धेरैले आरुवखडा रुचाउँछन्। आरुबखडामा पर्याप्त फाइबर र सोविर्टोल तथा इसाटिन भन्ने तत्व हुनाले यसले हाम्रो पाचनप्रणाली राम्रो राख्न मद्दत पुर्या्उने र कब्जियत र अपच जस्ता समस्यामा फाइदा गर्ने जानकार बताउँछन्। एउटा मध्यम आकारको आरुबखडामा एक सय १३ मिलिग्राम पोटासियम हुन्छ। यसबाट रक्तचाप सन्तुलनमा राख्न र हृदयघातको सम्भावना घटाउन सक्ने बताइन्छ।
जिल्ला कृषि विकास कार्यालयले जिल्लाको अधिकांश गाविसमा व्यावसायिक तरिकाले आरुबखडा खेती गरे किसानको आर्थिक अवस्था उकास्न मद्दत पुग्ने जनाएको छ।
जिल्ला कृषि विकास कार्यालयका प्रमुख निर्मल बडालले आरुबखडाको उत्पादनबारे ठोस तथ्य नभए पनि किसानले यसबाट राम्रै आम्दानी गरिरहेको बताए। किसानलाई आरुबखडाको उचित मूल्य दिलाउन प्रशोधन उद्योग खोल्नुपर्ने बडालको सुझाव छ।
source: nagariknews.com