९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यवसायिक गाँजा कारोबारी पक्राउ



अ+ अ-
लहान–लहान–११ बाट लहान प्रहरीले एकजना व्यवसायिक गाँजा कारोबारीलाई पक्राउ गरेको छ। भारतीय व्यपारीलाई गाँजाको नमुना देखाउन आएको बेला गोलबजार २ का जगदीस साह(४५)लाई ११ किलो गाँजासहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।
उदयपुरलगायत विभिन्न जिल्लाबाट गाँजा ल्याइ भारतीय व्यपारीलाई बेच्ने साह शनिबार गाँजाको नमुना लिएर भारतीय व्यपारीसंग डिल गर्न आएको सूचना पाएर लहानबाट गएको प्रहरीले साहलाई पक्राउ गरेको चतुर्वेदीले बताए।साहसंग गरिएको सोधपुछको क्रममा उनले पाँच वर्षदेखि आफूँ यो धन्दामा संलग्न रहेको स्विकारेको चतुर्वेदीले बताए। उदपुरबाट गाँजाको नमुना ल्याएर भारतीय गाँजा व्यपारीलाई देखाएपछि उनीसंग अर्डर लिने र अर्डर अनुसारको गाँजा चोरीबाटो भारत तस्करी गर्ने साहसंग गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

उदयपुरको गाँजा सिरहाको नाका हुँदै भारत तस्करीमा संलग्न गिरोह खुलाउन साहसंग शुक्ष्म अनुसन्धान भैरहेको चतुर्वेदीले बताए।दुई सातामा लहान प्रहरीले १०१ किलो लागुऔषध गाँजा सहित चारजनालाई पक्राउ गरेको चतुर्वेदीले जानकारी दिए। १० दिन अगाडि विष्णुपुरकट्टीबाट लहान प्रहरीले ८८ किलो गाँजासहित दुईजनालाई मेड इन अमेरिका लेखिएको एक थान स्वचालित पेस्तोल, ६ थान गोली र एक थान म्यागजिन बरामद गरिएको लहान प्रहरीले जनाएको छ।चालु आर्थिक वर्षमा लहान प्रहरीले ४ सय ३८ किलो लागुऔषध गाँजा बरामद गरेको तथ्यांक छ।