५ पुष २०८२, शनिबार
,
Latest
सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवैध सामानसहित भारतीय नागरिक पक्राउ



अ+ अ-

भन्सार छलेर ल्याइएका अवैध सामानसहित दुई भारतीय नागरिक बुटवलमा पक्राउ परेका छन् ।

बुटवल–६ आदर्शनगरमा एक घर भाडामा लिई चोरीका सामान आपूर्ति गर्दै आएका भारतीय नागरिक दिनेश राय र सोनु शुक्लालाई वडा प्रहरी कार्यालय बुटवलको टोलीले आज पक्राउ गरेको प्रहरी निरीक्षक केदारराज पन्तले जानकारी दिए।
गैरकानुनी धन्दा सञ्चालन भएको हुनसक्ने आशङ्कामा सादा पोसाकका प्रहरी परिचालन गरिएको थियो।
प्रहरीले छापा मार्दा किराना पसलका लागि आवश्यक पर्ने इलेक्ट्रोनिक, कस्मेटिक, सुर्तीजन्य वस्तु, विभिन्न प्रकारका तेल, कपुर, ऐना, चकलेटलगायतका सामान भेटिएको पनि प्रहरी निरीक्षक पन्तले जानकारी गराए।
घरमा प्रहरीले छापा मारी करिब रु पाँच लाख बराबरको सामानसहित उनीहरुलाई पक्राउ गरेको हो । अवैधरुपमा धन्दा चलाउनेले साइकलमा सीमापारीबाट सामान ल्याउने र नक्कली बिल बनाएर पहाडी जिल्लामा पठाउने गरेको प्रहरीले जनाएको छ ।
केही समययता पिछा गरेको प्रहरीले आज साइकलमा सामान ल्याउँदै गरेका उनीहरुलाई बुटवलको योगिकुटीबाट पिछा गरेर दिउँसो मात्र पक्राउ गर्न सफल भएको हो ।
खुला सिमानाको फाइदा उठाई भारतको विहारस्थित छपरा घर बताउने उनीहरुले दश वर्षयता बुटवलबाट यो धन्दा सञ्चालन गरेको स्वीकार गरेका छन् । रासस