२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता

बिशेष समितिले मस्यौदामा आएको सुझाव आज टुंग्याउने

बिशेष समितिले मस्यौदामा आएको सुझाव आज टुंग्याउने
अ अ+ अ-

संविधानको प्रारम्भिक मस्यौदामा नागरिकबाट प्राप्त सुझावलाई मस्यौदामा समावेश गर्न गठित विशेष समितिले आज शीर्ष राजनीतिक तहमा छलफल गरेर टुङ्ग्याउने भएको छ ।

संवैधानिक–राजनीतिक संवाद समितिका सभापति डा. बाबुराम भट्टराई संयोजक रहेको विशेष समितिको शुक्रबार साँझ सम्पन्न बैठकले उक्त निर्णय गरेको हो ।

विशेष समितिअन्तर्गतको कार्यदलले शुक्रबार साँझ पेस गरेको प्रतिवेदनका सुझावलाई वर्गीकरण गरी उच्च तहबाटै टुङ्गो लगाउनुपर्ने भएकाले विशेष समिति र संवैधानिक–राजनीतिक संवाद समितिको पूर्ण बैठकले ती विषय निरुपण गर्ने जानकारी संयोजक भट्टराईले दिए ।

उनले विशेष समितिलाई चारदिनको समय दिइएकाले विवादित विषयमा समझदारी गर्ने प्रयास अन्तिम समयसम्म पनि गरिने बताए ।

जनताबाट प्राप्त थुप्रै सुझावलाई वर्गीकरण गरेर मस्यौदाका विभिन्न खण्डमा समावेश गर्न बनेको कार्यदलले विशेष समितिसमक्ष सुझावसहितको प्रतिवेदन शुक्रबार नै पेस गरेको थियो । नेकपा एमालेका उपाध्यक्ष भीम रावलको संयोजकत्वमा उक्त कार्यदल गठन भएको थियो ।

कार्यदलले पेस गरेको प्रतिवेदनमा पुनः छलफल गर्न भोलि बिहान विशेष समिति बैठक बस्ने र उक्त समितिको सुझावलाई अन्तिम रुप दिन सम्वाद समितिको पूर्ण बैठक पनि भोलि अपराह्न हुने उनले बताए ।

विशेष समितिको शुक्रबारको बैठकमा नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, सोही दलका उपाध्यक्ष विद्या भण्डारी, एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार रहेका थिए। रासस