• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo
Latest
★   जब वडाध्यक्ष नै लामाटारका जेष्ठ नागरिक लिएर धार्मिक तीर्थाटनमा गए…(फोटो फिचर) ★   बैंगलोरको लगातार दोस्रो जित, २०१ रनको लक्ष्य १६ ओभरमै पछ्यायो ★   सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास ★   आर्सनलले टोटेनहमलाई हरायो ★   इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो, को अगाडि ? ★   न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक: सर्वोच्च बार ★   प्रधानमन्त्रीद्वारा देशकै सर्वाधिक ठूलो विद्युत् सबस्टेसन उद्घाटन ★   बझाङ-१ मा एमालेको अग्रता कायमै ★   इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ र ३ को मतगणना सकियो ★   फुपुको छोरीको हत्या गरी फरार रहेका अभियुक्त ९ वर्षपछि पक्राउ

वर्षा शुरु भएसँगै ९० जनाको मृत्यु, ३८ जना वेपत्ता



सरकारले वर्षा शुरु भएपछि हालसम्म ९० जनाको मृत्यु भएको बताएको छ । गृहमन्त्री बामदेव गौतमले संसदलाई दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरी ३८ जना वेपत्ता भएका छन् भने ४८ जना घाइते भएका छन् ।

एक सय १७ घर पूर्ण क्षति, १ सय ३७ घरमा आंशिक क्षति भएको छ । घाइतेको उपचार, मृतकका परिवारलाइ राहत र जोखिमका नागरिकलाई अन्यत्र सारिएको मन्त्री गौतमले बताए । नदी छेउमा बसोबास गरिरहेकाहरुलाई अन्यत्र सार्न र सर्न निर्देशन दिइएको मन्त्री गौतमको भनाई छ ।

साउन १३ गते साँझदेखि परेको पानीले कास्कीको लुम्ले, भदौरे तमागीमा – ३५ जनाको मृत्यु भएको र चार जना बेपत्ता भएको उनले जानकारी दिए ।

१९ घाइते भएका छन् भने २४ घर पूर्ण रुपमा क्षति, तीन वटामा आंशिक क्षेती र केही विद्यालय र चार वटा झोलुङले पुल बगाएको गृहमन्त्रालयले जनाएको छ ।

प्रभावितलाई ५ हजार र मृतककाका परिवारलाई ४० हजार नगद दिइसकेको गृहमन्त्री गौतमले बताए ।