२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता

खाँडी मुलुकहरुमा रहेका नेपाली महिला कामदारहरु सम्बन्धी सर्वेक्षण सार्वजनिक!

खाँडी मुलुकहरुमा रहेका नेपाली महिला कामदारहरु सम्बन्धी सर्वेक्षण सार्वजनिक!
अ अ+ अ-

आज सन् २०१३ मार्च २९ का दिन काठमाडौंमा गैरआवासीय नेपाली संघ र निड्सको संयुक्त आयोजना र युएन वोमनको सहयोगमा वैदेशिक रोजगारमा रहेका महिला कामदारहरु सम्बन्धी सर्वेक्षणको प्रारम्भिक प्रतिवेदन एक कार्यशाला गोष्ठी मार्फत सार्वजनिक गरियो । सन् २०११ डिसेम्वर महिनामा साउदी अरेवीया, युएई, कुवेत र लेवनानमा रोजगारीमा गएका महिलाहरुको अवस्थाको सर्वेक्षण गर्न गैरआवासीय नेपाली संघ, निड्स र युएन वोमन वीच एक सम्झौंमा पत्रमा हस्ताक्षर भएको थियो ।
गोष्ठीको सुरुवातमा गैरआवासीय नेपाली संघका कार्यकारी निर्देशकले स्वागत मनतव्य दिनु भयो । यसैगरी निड्सका अध्यक्ष डा। गणेश गुरुङ्ग र अनुसंधानकर्ता डा। खतिवडाले सर्वेक्षण बारे प्रस्तुतिकरण गरेका थिए । उहाँहरुले सर्वेक्षणबाट प्राप्त सूचनाहरु तथा यस गोष्ठीका सहभागीहरुबाट आएका पृष्ठपोषणहरुलाई समेटेर प्रतिवेदनको अन्तिम रुप तयार गरिने जानकारी दिनु भयो । यस प्रतिवेदनले वैदेशिक रोजगारी सम्बन्ध नीति निर्माणमा सहयोग पुग्नुका साथै महिला आप्रवाशन सहजीकरण हुने विचार व्यक्त गर्दै यस कार्यमा विशेष सहकार्य गरेवापत गैरआवासीय नेपाली संघलाई हार्दिक कृतज्ञता व्यक्त गर्नु भयो ।
प्रस्तुतीकरण पछि सहभागीहरु समक्ष पुष्ठपोषणको लागि अनुरोध गरिएको थियो । गैरआवासीय नेपाली संघका उपाध्यक्ष रामेश्वर शाह र सचिव टिवि कार्कीले प्रतिवेदनमा वैदेशिक रोजगारीमा गएका महिलाहरुको वर्गिकृत गरी अझ बढी महिला कामदारहरुलाई समेट्न सकेमा प्रतिवेदन अझ प्रभावकारी हुने राय व्यक्त गर्नु भयो । गैरआवासीय नेपाली संघका सल्लाहकार रंजना उदासले विभिन्न मुलुकमा रहेका युएन वोमनका कार्यालयहरु मार्फत अन्य देशहरुले वैदेशिक रोजगारीमा गएका महिलाहरु सम्बन्धी अवलम्वन गरेका नीति र कार्यहरु पनि प्रतिवेदनमा समावेश गरे अझ प्रभावकारी हुने सुझाव व्यक्त गर्नु भयो । यसै गरी वैदेशिक रोजगारीसंग आबद्ध संघ संस्थाहरुले आ–आफ्नो सुझावहरु प्रस्तुत गरेका थिए ।
युएन वोमनका सरु जोशीले यस सर्वेक्षणमा गैरआवासीय नेपाली संघको सहकार्यको सर्हाना गर्दै यस कार्यमा संघले आगामी दिनहरुमा नेतृत्वदायी भूमिका अवलम्वन गर्नु पर्ने सुझाव राख्दै एनसिसि साउदी अरेवीया, युएइ, कुवेत र लेवनानलाई धन्यवाद दिनु भयो । वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्ण चन्द्र भट्टराईले हालसालै सरकारले वैदेशिक रोजगारमा जाने प्रकृयालाई व्यवस्थित गर्दै वैध्यता प्रदान गर्न नीति नियमहरु तय गरी कार्यन्वयनमा ल्याएको कारण वैदेशिक रोजगारमा जाने महिलाहरु मांझ सरकारी निति नियम पालना गरि जाने प्रबृद्धिमा बृद्धी भएको जानकारी दिनु भयो । उहाँले वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउनको लागि सरोकारवालाहरुसंग सहकार्य गरी वैदेशिक रोजगारलाई सहजीकरण गर्न नेपाल सरकार सदैव तयार रहेको बताउनु भयो ।
कार्यक्रमको समापन गर्दै यस कार्यक्रमका सभापति एवं गैरआवासीय नेपाली संघका महासचिव तेञ्जी शेर्पाले यस महत्वपूर्ण कार्यमा गैरआवासीय नेपाली संघलाई सहभागी गराईएकोमा आभार प्रकट गर्दै निड्स र युएन वोमनका साथै राष्ट्रिय समन्वय परिषदहरु साउदी अरेवीया, युएई, कुवेत र लेवनानलाई हार्दिक धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि वैदेशिक रोजगारीलाई व्यवस्थित, सुरक्षित र सहजीकरण गर्न सदा झैं गैरआवासीय नेपाली संघ नेपाल सरकार र सरोकारवालाहरुसग सदैव सहकार्य गर्न तत्पर रहेको बताउनु भयो । साथै आगामी अक्टोवर २१ र २२ मा सम्पन्न हुने छैठौं गैरआवासीय नेपाली विश्व सम्मेलनमा नेपाल सरकार र सरोकारवाला निकायहरुसंग यस प्रतिवेदन बारे वृहत छलफल गरी ठोस कार्य योजनाहरु तय गर्ने लक्ष्य रहेको जानकारी गराउनु भयो ।
यस कार्यक्रममा एनसिसि बहराइनका अध्यक्ष श्याम तामांग, विदेशमा नेपालको प्रवर्द्धन कार्यदलका सहसभापति रामबाबु नेपाल, विदेशमा नेपालको प्रवर्द्धन कार्यदल अन्तर्गत पर्यटन तथा संस्कृती उपसमितका सहसभापति एसि शेर्पा, फ्रान्सका एनआरएन कर्मा शेर्पा, युएईका एनआरएन जेपि सापकोटा र युएईका महिला फोरमका सहसंयोजक तथा सर्वेक्षण टोलीका सदस्य विमला भट्ट, सरोकारवालाहरु तथा संचारकर्मीहरुका साथै गैरआवासीय नेपाली संघ सचिवालयको सहभागीता रहेको थियो ।

Source : Nepaljapan.com