१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक… रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ओखरपौवावासीले आन्दोलन गर्ने’



अ+ अ-

काठमाडौं, साउन ३१ ÷ काँग्रेंस सांसद जगदीशनरसिंह केसीले ओखरपौवावासीसँगको सरकारसँग भएको ८ बुँदे सहमति कार्यान्वयन नगरे ओखरपौवावासीसँगै आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

संसदको आइतवारको बैठकमा बोल्दै सांसद केसीले सम्झौताको १० बर्ष पूरा हुँदा पनि ओखरपौवाका ल्याडफिल्ड साइटका विषयमा सरकारसँग भएको ८ बुँदे सहमति अक्षरशः कार्यान्वयन नभएकाले जनतासँगै आन्दोलनमा उत्रिनु बाध्य हुने चेतावनी दिए । सम्झौता आजसम्म सरकारले पूरा नगरेको भन्दै उनले आक्रोस पनि ब्यक्त गरेका थिए । सरकारले ३ बर्षका लागि फोहोर फाल्ने सहमति गरेर १० बर्षसम्म पनि फोहोर फालेर जनता मारमा परेको उनले जिकिर गरे ।

‘फोहोरका कारण ओखरपौवा क्षेत्रमा प्रदुषणले बस्न सक्ने अवस्था छैन् । फोहोर पानीले बाली र जीवजन्तुमा परेको छ’ , उनले भने, ‘ल्यान्डफिल्ड साइडबाट निस्कने दुषित पानिका कारण त्यस आसपासका क्षेत्र सँगै तलतिरका भागमा असर पारिरहेको छ ।’
ल्याण्डफिल्ड साइट ब्यवस्थित नभएर प्रदुषणका कारण स्थानीयवासी विभिन्न रोगको संक्रमणको शिकार हुने गरेका छन् ।