२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘न्याय नामक’ पुस्तक लोकार्पण



अ+ अ-

काठमाडौँ, ६ असोज (रासस) ः पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको आत्मकथा ‘न्याय’ नामक पुस्तक बजारमा आएको छ ।

आज यहाँ लोकार्पण गरिएको सो पुस्तकको मूल्य रु ९०० रहेको छ । पुस्तकमा कार्कीले आफू कलेजमा अध्ययनदेखि भारतको बनारसमा प्राप्त अनुभव तथा न्याय क्षेत्रमा प्रवेश गर्दादेखि न्यायाधीश नियुक्तिमा देखिएको चलखेल, भ्रष्टाचार, न्यायिक संस्थालाई कमजोर बनाउने प्रयास तथा समाजमा नैतिकवान पात्रको खडेरीजस्ता विषयलाई सरल भाषामा प्रस्तुत गरिएको छ ।

सो अवसरमा कार्कीले न्यायपालिका स्वतन्त्र भए मात्र लोकतन्त्र फस्टाउन सक्ने बताउँदै न्यायालयमा वकालत गर्दा कमीकमजोरी तथा सुधारको कुरा पुस्तकमा उतार्ने काम गरेको बताउनुभयो ।

उहाँले कसैको चित्त दुखाउने मनसायले आफूले आत्मकथा नलेखेको स्पष्ट पार्दै न्यायालयमा स्वतन्त्र तथा निर्भिक न्यायाधीशको आवश्यकता रहेको धारणा व्यक्त गर्नुभयो ।

शिक्षाविद् केदारभक्त माथेमाले पूर्वप्रन्या कार्की इमान्दार, निष्ठावान तथा निडर महिला न्यायमूर्ति भएको टिप्पणी गर्नुभयो ।

न्यायाधीश कार्कीका पति दुर्गा सुवेदीले सुशीला कार्कीको न्याय क्षेत्रमा महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।