५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘न्याय नामक’ पुस्तक लोकार्पण



अ+ अ-

काठमाडौँ, ६ असोज (रासस) ः पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको आत्मकथा ‘न्याय’ नामक पुस्तक बजारमा आएको छ ।

आज यहाँ लोकार्पण गरिएको सो पुस्तकको मूल्य रु ९०० रहेको छ । पुस्तकमा कार्कीले आफू कलेजमा अध्ययनदेखि भारतको बनारसमा प्राप्त अनुभव तथा न्याय क्षेत्रमा प्रवेश गर्दादेखि न्यायाधीश नियुक्तिमा देखिएको चलखेल, भ्रष्टाचार, न्यायिक संस्थालाई कमजोर बनाउने प्रयास तथा समाजमा नैतिकवान पात्रको खडेरीजस्ता विषयलाई सरल भाषामा प्रस्तुत गरिएको छ ।

सो अवसरमा कार्कीले न्यायपालिका स्वतन्त्र भए मात्र लोकतन्त्र फस्टाउन सक्ने बताउँदै न्यायालयमा वकालत गर्दा कमीकमजोरी तथा सुधारको कुरा पुस्तकमा उतार्ने काम गरेको बताउनुभयो ।

उहाँले कसैको चित्त दुखाउने मनसायले आफूले आत्मकथा नलेखेको स्पष्ट पार्दै न्यायालयमा स्वतन्त्र तथा निर्भिक न्यायाधीशको आवश्यकता रहेको धारणा व्यक्त गर्नुभयो ।

शिक्षाविद् केदारभक्त माथेमाले पूर्वप्रन्या कार्की इमान्दार, निष्ठावान तथा निडर महिला न्यायमूर्ति भएको टिप्पणी गर्नुभयो ।

न्यायाधीश कार्कीका पति दुर्गा सुवेदीले सुशीला कार्कीको न्याय क्षेत्रमा महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।