१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल

शालग्राम संरक्षण गर्न संग्रहालय बनाइँदै

शालग्राम संरक्षण गर्न संग्रहालय बनाइँदै
अ अ+ अ-

बागलुङ: शालग्राम भन्ने बित्तिकै जो कोहीले पनि भगवान् विष्णु सम्झन पुग्छन् । हिन्दु धर्मावलम्बीहरुका लागि यो पूजा गर्न योग्य पवित्र शिला हो । संरक्षणको अभावमा शालग्राम शिला हराउन थालेको छ ।

विश्वमै दुर्लभ मानिने शालग्राम शिलाको संरक्षणका लागि यहाँको एक मन्दिरले पहल थालेको छ । मुस्ताङको मुक्तिनाथदेखि म्याग्दी, बागलुङ र पर्वत भएर बहने कालीगण्डकी (कृष्णगण्डकी) नदीमा मात्र पाइने शालग्राम शिलाको संरक्षणका लागि बागलुङ नगरपालिका–४ कुँडुलेमा रहेको तिरुपती बालाजीधाममा शालग्राम संग्रहालयको निर्माण धमाधम भइरहेको छ ।

धार्मिक दृष्टिले अति नै महत्वपूर्ण मानिने शालग्राम शिलालाई संग्रहालयमा व्यवस्थित रुपमा राखिन थालिएको बालाजीधामले बताएको छ । हाल तिरुपती बालाजीधाममा रहेका २४ हजार शालग्रामलाई संग्रहालयमा राखिने भएको छ ।भगवान् शिवको प्रिय अस्त्र मानिने त्रिशुल आकारमा भूगर्भभित्र ७६ मिटर लामो सुरुङ निर्माण गरी व्यवस्थित रुपमा शालग्राम राख्न संग्रहालय बनाइने छ भने त्रिवेणीधामदेखि दामोदर कुण्डसम्मको नक्शा, विभिन्न मठ मन्दिरका आकृतिहरु, वृतचित्र प्रदर्शनी लगायतका कार्य गरिने छ ।

सुरुङको पहिलो खण्डमा त्रिवेणीधामदेखि दामोदर कुण्ड जाने नक्शा, बीच भागमा धौलागिरि हिमालसँगै शिवजीको मूर्ति राखिने छ ।सुरुङको दोस्रो खण्डमा सिसाभित्र २४ हजार शालग्रामको दर्शन गर्न सकिने गरी राखिनेछ र ती शालग्रामलाई केशव, नारायण, माधव र गोविन्द लगायतका नाम दिइने छ । त्यस्तै, तेस्रो खण्डमा मुक्तिनाथ भगवान्को तपोभूमि÷तपस्यास्थल निर्माण गरिने छ । चौथो खण्डमा भगवान्हरुको मूर्ति प्रदर्शनी तथा मुक्तिनाथ मन्दिरको महिमा, शालग्राम र गण्डकीको महिमामा केन्द्रित वृत्तचित्र प्रदर्शन गरिने छ ।

साविकको धौलागिरि अञ्चल सदरमुकाम बागलुङ नगरपालिका–४ कुँडुले फेदीस्थित श्री रङ्गवेंकटेश मुक्तिनारायण मन्दिर, मुक्तिनाथ वेदविद्याश्रम तिरुपती बालाजीधाममा स्वामी श्रीधरचार्यको नामबाट शालग्राम संग्रहालय निर्माण गर्न लागिएको मन्दिरका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले बताउनुभयो । “कालीगण्डकी नदीमा मात्र पाइने शालग्राम चोरी पैठारी हँुदा भविष्यमा शालग्राम हराउँदै जाने देखिँदा शालग्राम संरक्षणमा जुटेका हौं,” उहाँले भन्नुभयो – “यस कार्यलाई पूर्णता दिन सबैको सहयोग आवश्यक छ ।”मुक्तिनाथ जाने धार्मिक पर्यटकहरुलाई बागलुङ भित्र्याउन समेत यस शालग्राम संग्रहालयले ठूलो योगदान गर्ने बताइएको छ । करीब रु चार करोडको लागतमा यसको निर्माण गर्न थालिएको हो ।

स्वामी प्रपन्नाचार्यले भन्नुभयो – “अहिले सुरुङ निर्माण अन्तिम चरणमा छ ।” विशेष गरी मुक्तिनाथ मन्दिर आउन चाहने हिन्दु धर्मावलम्बीहरुका लागि यहाँ रहेका २४ हजार शालग्राम आकर्षण बन्ने अपेक्षा गरिएको छ ।अबको एक महिनामा सुरुङ मार्गको काम सकिने र त्यसपछि अन्य भौतिक संरचनाको काम थालिने बालाजीधामले बताएको छ । रु चार करोड रकम जुटाउन आफ्ना तर्फबाट सक्दो पहल भइरहेको स्वामी प्रपन्नाचार्यले बताउनुभयो ।

हाल बालाजीधाममा स–साना शालग्रामदेखि ३०० किलोग्रामसम्मका शालग्राम संगृहीत छ । परापूर्व कालदेखि नै शालग्राम संगृहीत गर्दै आएका स्व. स्वामी श्रीधरचार्यको सपना पनि संग्रहालयको निर्माणबाट साकार हुने स्थानीय बासिन्दाले ठानेका छन् ।“धार्मिक पर्यटकहरु मुस्ताङको मुक्तिनाथ पुगे सरह यस संग्रहालय तथा मन्दिरमा आउँदा समग्र बागलुङ जिल्लाको पर्यटन क्षेत्रको विकास हुनेछ,” समाजसेवी गोविन्द पौडेलले भन्नुभयो ।

मुक्तिनाथ जाने पर्यटकहरुलाई बागलुङ भित्र्याउन संग्रहालय तथा यस मन्दिरले ठूलो योगदान गर्ने उहाँको विश्वास छ ।“मन्दिरको आम्दानीको स्रोत केही छैन, सहयोगी दाताहरुले दिएको दानदातव्यको भरमा मन्दिर सञ्चालन भएको छ,” मन्दिरलाई निरन्तर सहयोग गर्ने सहयोगीदाता सहदेव राजभण्डारीले भन्नुभयो – “संग्रहालय बनाउन सबैको सहयोग चाहिन्छ ।”

सुरुङ निर्माणको ठेक्का साउथ एशियन एन्फ्रास्ट्रक्चर निर्माण कम्पनीले पाएको छ । निर्माण कम्पनीका इन्जिनीयर नरोत्तम कार्कीका अनुसार सेमि–सर्कल प्रविधिमा निर्माण भइरहेको उक्त सुरुङ ३ मिटर उचाइ र ३ मिटर ७० सेन्टिमिटर चौडा छ । नदीहरुमा प्रशस्त मात्रामा पाइने शालग्राम लोप हुन थालेपछि यसको संरक्षणका बारेमा धार्मिक व्यक्ति र सम्बद्ध सङ्घसंस्थाहरुले चिन्ता र चासो व्यक्त गरेका छन् ।हिन्दु धर्मावलम्बीहरुका लागि कालो रंगको बाटुलो शिला (ढुँगा) शालग्राम अति पूजनीय मानिन्छ । यसका लागि नेपालको पश्चिम कालीगण्डकी नदी प्रख्यात छ । बैष्णवी र सनातनीहरुले शालिग्रामलाई साक्षात् विष्णुको अवतार मान्छन् ।

स्वामी श्रीधरचार्य शालग्रामको महत्वबारे ग्रन्थ प्रकाशन गर्ने र संरक्षणमा जीवन समर्पण गर्ने एक अभियन्ता मानिनुहुन्छ । उहाँकै नामबाट संग्रहालयको नामकरण गरिने भएको छ । उहाँको २०५६ सालमा ३९ वर्षको अल्पायुमै निधन भएको थियो । आचार्यका मुक्तिक्षेत्र महात्माय, शालग्राम महात्माय, गोदा सप्तसरीलगायत दुई दर्जन भन्दा बढी कृति प्रकाशित छन् ।रासस