२० मंसिर २०८२, शनिबार
,
Latest
अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कवितामा भोजपुर



अ+ अ-

काठमाडौँ:  साहित्य सिर्जनामा अब्बल मानिने भोजपुरका कविले आज एकै थलोबाट भोजपुरलाई कविताको भावमा सम्झिए ।

जिल्लाबाट प्रतिनिधित्व गर्ने चर्चित साहित्यकार एवं कविले आआफ्नो कवितामार्फत जिल्लाका विकास निर्माण, सामाजिक भोगाइ तथा सांस्कृतिक रहनसहनलाई कविताको भावमा पोखे ।राष्ट्रपतिदेखि राज्यका उच्च ओहदा तथा प्रतिष्ठित व्यक्तिलाई जन्म दिएको भोजपुरले साहित्य, शिक्षा, सामाजिक क्षेत्र र राजनीतिक परिवर्तनमा उत्तिकै महत्वपूर्ण भूमिका खेलेको छ ।

दशैँतिहार, छठ आदि पर्वका सन्दर्भमा भोजपुरे सेवा समाजले आयोजना गरेको ‘भोजपुर कविता उत्सव’ मा मञ्जुल, श्याम तमोट, बुलु मुकारुङ, श्रवण मुकारुङ, कृष्ण जोशी, शङ्कर कोइराला, पवन आलोक, डा विप्लव ढकाल, देवी घिमिरे, गणेश राईलगायतले जिल्लाका आर्थिक, सामाजिक तथा राजनीतिक विषयमा केन्द्रित कविता प्रस्तुत गर्नुभएको थियो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली, कला, संस्कृतिका साथै राजनीतिक तथा सामाजिक परिवर्तनमा भोजपुरले राष्ट्रलाई ठूलो गुन लगाएको उल्लेख गर्दै वाचित कविताले भोजपुरको गरिमा र गौरवको गाथालाई उजागर गर्नाका साथै सबै पुस्ताका व्यक्तिलाई सिर्जना र समृद्धिको दिशामा अभिप्रेरित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

“सिर्जनालाई विकास र समृद्धिको यात्रामा जोडेर बहुलताभित्रको एकतालाई मजबुत बनाएर अघि बढ्नुपर्छ”, उहाँले भन्नुभयो । पूर्व सांसदद्वय जयन्ती राई र घनेन्द्र बस्नेतले कविताको भावलाई नेतृत्वकर्ताले मनन गरेर समृद्धिको अभियानमा एक जुट हुनुपर्नेमा जोड दिनुभयो ।