७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप

कला सिर्जनाका धनी मल्ल ओझेलमा

कला सिर्जनाका धनी मल्ल ओझेलमा
अ+ अ-

– सिद्धराज भट्ट

धनगढी, १८ कात्तिक (रासस) :‘दशैँ हो कि दशा’ शीर्षकमा नाटक रचना र अभिनय गरेर कुनै समयमा निकै ख्याती कमाएका नाटककार खडकबहादुर मल्ल अहिले ओझेलमा पर्नुभएको छ ।

डोटेली भाषामा नाटक रचना गरी मुख्य अभिनयकर्ताको भूमिकामा रहेर गाउँ ठाउँमा मञ्चन गर्दै आउनुभएका कला सिर्जनाका धनी मल्लका सिर्जनाले उचित स्थान नपाउँदा ओझेलमा पर्नुभएको हो ।

विद्यालय अध्ययनकै क्रममा चार दशकअघि रचना गरी गाउँठाउँमा अभिनय गरिएको मल्लको ‘दशैँ हो कि दशा’ नाटक नै डोटेली भाषाको सम्भवतः पहिलो नाटक हो । बडादशैँमा फजुल खर्च गर्ने प्रवृत्तिबाट समाजमा परेको प्रभावप्रति तिखो व्यङ्ग्य गर्दै दशैँको मौलिकता जोगाउने सन्देश दिइएको यो नाटकले तत्कालीन समयमा एकाएक चर्चा बटुलेपछि नाटक रचेर अभिनय गर्ने हौसला उहाँमा बढाइदिएको थियो ।

समाजका विकृति, विसङ्गति, अशिक्षा विरोधी सन्देशमूलक नाटक लेखेर समाजको चेतना अभिवृद्धिमा ठूलो गुन लगाउनुभएका मल्लले ‘छोरीले पनि पढे छोराले झैंँ ठूलो काम गर्न सक्छ’ नामको अर्को नाटक रचना गर्नुभयो । आफ्नो सिर्जनालाई निरन्तरता दिँदै गर्दा कैलालीको चौमालामा रहेको विद्यालयमा स्वास्थ्य शिक्षा अध्यापन गर्ने अवसर उहाँलाई मिल्यो । त्यस क्रममा पनि एचआइभी एड्ससम्बन्धी चेतनामूलक सन्देश दिइएको ‘लाहुरेको सम्पति’ नामको उहाँको अर्को नाटक रचना र अभिनयले ‘लाहुर’ जानेहरूलाई सचेत बनाएको थियो ।

सशस्त्र युद्धको त्रास जताततै बढ्दै जाँदा देशले भोगिरहेको पीडा दर्शाउने र शान्ति बहाली गर्ने सन्देश दिएर मल्लद्वारा रचिएको ‘शान्तिकी आमा’ शीर्षकको अर्को नाटक प्रदर्शनले तत्कालीन समयमा त्रासमा बाँचेकाहरूलाई कुनै न कुनै रूपमा शान्तिको अनुभूति मिलेको थियो । “यो नाटक प्रदर्शन हुँदा अहिले पनि शान्ति र आपसी सद्भाव, एकताको भावना फैलाएको अनुभूति गर्ने गरेको छ”, नाटकको कथावस्तुको अध्ययन गरेका स्थानीय हर्कबहादुर बोहराले भन्नुभयो ।

भाषा, लोक–संस्कृतिको संरक्षण सम्बद्र्धनमा अनुकरणीय योगदान पु¥याए पनि उहाँ समाज र राष्ट्रबाट पाउनुुपर्ने उचित सम्मानबाट भने अझैँ टाढा हुनुहुन्छ । आफैँ लगानी गरेर नाटकको सिर्जना र अभिनय गरेका ५३ वर्षीय मल्ललाई यतिबेला आर्थिक अवस्था कमजोर हुँदा जीवन निर्वाह गर्न समेत धौधौ भएको छ ।

नेपाली समाजको मौलिकता प्रस्तुत गर्ने नाटक लेखन र प्रस्तुति शुरु गरेर सुदूरपश्चिममा कुनै समयमा अब्बल नाटककारको ख्याती कमाएका मल्लको सिर्जना ओझेलमा पर्दा साहित्यकर्मी निराश छन् । “सुदूरपश्चिमेली समाजमा हुने घटनालाई टपक्क टिपेर बेजोड प्रतिभाको नाटक रचना गरी अभिनय गर्ने कला मल्लसँग छ, साहित्यकार टोपेन्द्र शाहले भन्नुभयो, तर उहाँको प्रतिभाको कदर, उचित सम्मान र प्रचारप्रसार हुनसकेको छैन ।”

उसो त पश्चिमी संस्कृतिको प्रभाव बढ्दै जाँदा नेपाली समाजको मौलिकता दर्शाउने नाटकहरूको महत्व र आवश्यकता अहिलेका पिँढीमाझ घट्दै गएकाले पनि सर्जकहरूको सिर्जनाले उचित स्थान नपाएको भन्नेहरूको पनि कमी छैन । मल्ल सुदूरपश्चिम प्रदेशको मौलिक पहिचान बोकेको लोकप्रिय ‘गौरी चलचित्र’का निर्माता हुनुहुन्छ । सुदूरपश्चिमको सामाजिक परिवेशमा एउटा महिलाले भोग्नुपरेको पीडाका साथै सामाजिक विकृति, विसङ्गतिविरुद्ध सन्देश दिइएको यो चलचित्र निकै चर्चित पनि छ ।

सुदूरपश्चिममा विद्यमान पुरानो दमन नीति, छाउपडी, जातीय विभेद, हली प्रथा, चेलीबेटी बेचविखनजस्ता कुरीतिविरुद्ध चेतना अभिवृद्धि गराउन यो चलचित्र सफल भएको चलचित्रको अवलोकन गरेकाहरू बताउँछन् । “मल्ल स्कूले जीवनदेखि नै नाटकको रचना गर्ने, साथीभाइलाई भेला गराएर आफँै मुख्य अभिनयकर्ता भएर नाटक मञ्चन गर्नेजस्ता क्रियाकलापमा लागिरहनुहुन्छ, साहित्यकार यज्ञराज यात्रीले भन्नुभयो, “डोटेली भाषाको नाटक र चलचित्र क्षेत्रलाई उचाइमा पु¥याएर भाषा, साहित्य, कलामा योगदान पु¥याउँदा पनि समाज र राष्ट्रले सम्झिनसकेको छैन ।”

सामाजिक क्षेत्रका विकृति विसङ्गतिलाई हटाउन आफ्ना रचनामार्फत खरो उत्रिनुभएका कलाकार मल्ल पछिल्लो पटक आर्थिक अभावकै कारण आफ्नो नाट्यकलामा पूर्णविराम लाग्ने हो कि भन्ने चिन्ता पनि व्यत्त गर्नुहुन्छ । “समाजको उन्नति, प्रगतिका लागि भनेर घरको अचल सम्पत्ति बैंकमा धितो राखेर जोहो गरिएको रकमबाट चलचित्र निर्माण गरियो, मल्लले गुनासो गर्नुभयो, नाटक र चलचित्रको रचना र अभिनय गर्दागर्दै घरको सम्पत्ति सकिँदासम्म पनि कसैले सम्झिएन ।” पछिल्लो पटक उहाँ सुदूरपश्चिम प्रदेशमा व्याप्त जातीय छुवाछूतविरोधी चलचित्र निर्माणको तयारीमा हुनुहुन्छ ।