२ भाद्र २०८३, मंगलवार
,
Latest
सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई तोकिएकै समयभित्र कांग्रेस महाधिवेशन सम्पन्न गर्न सभापति थापाको निर्देशन राजदूत नियुक्तिमा ढिलाइप्रति कांग्रेसको चासो, तत्काल नियुक्ति गर्न सरकारलाई आग्रह ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति गर्न सरकार असफल भएको काँग्रेसको आरोप केवाइसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ जनकवि दुर्गालाल श्रेष्ठको शोभा भगवतीमा अन्त्येष्टि तीन महिनामै नेपाल टेलिकमको नाफा ४ अर्ब २० करोड नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो संविधान संशोधनमा सरकार गम्भीर नभएको कांग्रेसको आरोप काँग्रेसको १५ औँ महाधिवेशन असोज १६–१९ मा गर्ने निर्णय यथावत, तल्लो तहको अधिवेशन आवश्यकताका आधारमा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत ४ रनले पराजित, अस्ट्रेलियाकाे खराब प्रदर्शन जारी



अ+ अ-

ब्रिसवेन — निकै रोमाञ्चक खेलमा अस्ट्रेलियाले बुधबार भारतलाई पहिलो टान्टी– २० खेलमा ४ रनले हराएको छ । भारतका लागि शिखर धवनले उत्कृष्ट ७६ रन बनाए पनि त्यो जितका लागि पर्याप्त रहेन ।

अस्ट्रेलियाका लागि भने यो जित निकै महत्त्वपूर्ण रह्यो । उसले खराब प्रदर्शनबीच आफूलाई सुधार्न सक्यो । यो जितले अस्ट्रेलियाकाको आत्मविश्वास बढ्ने छ ।

वर्षाले प्रभावित खेल १७ ओभरमा छोटयाइएको थियो । डकवर्थ लुइस नियमअनुसार भारतले जितका लागि १ सय ७४ रनको लक्ष्य पाएको थियो । अस्ट्ेरलियाले यसअघि ग्लेन म्याक्सवेलको सर्वाधिक ४६ रन मदतमा ४ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो । भारतलाई अन्तिम ओभरमा जित पाउन १३ रन चाहिएको थियो ।

तर मार्कस स्टोनिसले उक्त ओभरमा दुई विकेट लिएर भारतलाई दबाबमा राख्यो । मार्चमा दक्षिण अफ्रिकाविरुद्धको शृंखलामा खराब प्रदर्शनपछि अस्ट्ेरलिया दबाबमा रहेको थियो । त्यो शृंखलामा बलमाथि गरिएको छेडछाडले पनि टिम थप विवादमा परेको थियो । अहिलेको जितले अस्ट्रेलियाकालाई धेरै राहत दिनेछ ।

यो जित निकाल्नुअघि अस्ट्रेलियाकापछिल्ला चार टान्टी–२० मा पराजित रहेको थियो । ‘हाम्रा ब्याट्सम्यानले धेरै राम्रो खेले, विशेषत: इनिङ्सको मध्य ओभरमा । रन बटुल्ने क्रममा हाम्रा खेलाडी निकै बहादूरी पनि देखाए,’ अस्ट्रेलियाकाली कप्तान आरोन फिन्चले भने, ‘दबाबबीच हाम्रो बलिङ पनि राम्रो रह्यो ।’

भारतीय कप्तान विराट कोहलीले खेल निकै रोचक बनेको र कुनै पनि बेला कसैको पक्षमा जानसक्ने रहेको बताए । धवनले भारतका लागि आक्रामक रूपमा ब्याटिङ गरे । तर उनलाई लगातार साथ दिने अरू ब्याट्सम्यान रहेनन् । ‘हामीले राम्रो त खेल्यौं, तर त्यो जितका लागि पर्याप्त रहेन,’ उनले भने ।