२ पुष २०८२, बुधबार
,
Latest
ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेस्ट क्रिकेटः बंगलादेशको ब्याटिङ गर्ने निर्णय



अ+ अ-

चटगाउँ, बंगलादेश, ६ मङ्सिर:  बंगलादेश र वेस्ट इन्डिजबीचको पहिलो पाँच दिवसीय टेस्ट क्रिकेट खेल बिहीबारदेखि चटगाउँको जहुर अहमद चौधरी रङ्गशालामा शुरु भएको छ ।

बंगलादेशका कप्तान शकिब अल हसनले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् ।

यस खेलमा पहिलोपटक १७ वर्षीय अफ स्पिनर नयीम हसनले पनि खेल्दैछन् । बंगलादेशका तर्फबाट चारजना स्पिनरहरु शकिब, ताइजुल इस्लाम र मेहीदी हसनले पनि खेल्नेछन् ।

पहिले ब्याटिङ गरेको बंगलादेशले दिउँसोको भोजन सत्रसम्ममा २७ ओभरमा दुई विकेट गुमाई १०५ रन बनाएको छ । बंगलादेशका इमरुल कायास (४४) र सौम्य सर्कार (०) आउट भइसकेका छन् ।

अहिले क्रिजमा मोमिनुल हक व्यक्तिगत ५५ रन बनाएर खेलिरहेका छन् । एएफपी