२ भाद्र २०८३, मंगलवार
,
Latest
सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई तोकिएकै समयभित्र कांग्रेस महाधिवेशन सम्पन्न गर्न सभापति थापाको निर्देशन राजदूत नियुक्तिमा ढिलाइप्रति कांग्रेसको चासो, तत्काल नियुक्ति गर्न सरकारलाई आग्रह ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति गर्न सरकार असफल भएको काँग्रेसको आरोप केवाइसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ जनकवि दुर्गालाल श्रेष्ठको शोभा भगवतीमा अन्त्येष्टि तीन महिनामै नेपाल टेलिकमको नाफा ४ अर्ब २० करोड नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो संविधान संशोधनमा सरकार गम्भीर नभएको कांग्रेसको आरोप काँग्रेसको १५ औँ महाधिवेशन असोज १६–१९ मा गर्ने निर्णय यथावत, तल्लो तहको अधिवेशन आवश्यकताका आधारमा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेस्ट क्रिकेटः बंगलादेशको ब्याटिङ गर्ने निर्णय



अ+ अ-

चटगाउँ, बंगलादेश, ६ मङ्सिर:  बंगलादेश र वेस्ट इन्डिजबीचको पहिलो पाँच दिवसीय टेस्ट क्रिकेट खेल बिहीबारदेखि चटगाउँको जहुर अहमद चौधरी रङ्गशालामा शुरु भएको छ ।

बंगलादेशका कप्तान शकिब अल हसनले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् ।

यस खेलमा पहिलोपटक १७ वर्षीय अफ स्पिनर नयीम हसनले पनि खेल्दैछन् । बंगलादेशका तर्फबाट चारजना स्पिनरहरु शकिब, ताइजुल इस्लाम र मेहीदी हसनले पनि खेल्नेछन् ।

पहिले ब्याटिङ गरेको बंगलादेशले दिउँसोको भोजन सत्रसम्ममा २७ ओभरमा दुई विकेट गुमाई १०५ रन बनाएको छ । बंगलादेशका इमरुल कायास (४४) र सौम्य सर्कार (०) आउट भइसकेका छन् ।

अहिले क्रिजमा मोमिनुल हक व्यक्तिगत ५५ रन बनाएर खेलिरहेका छन् । एएफपी