१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला विश्वकप, इङ्ल्यान्ड र अस्ट्रेलिया फाइनलमा प्रवेश



अ+ अ-

एन्टीगा, ७ मंसिर । वेस्ट इन्डिजकाे एन्टिगामा भइरहेकाे महिला टीट्वान्टी विश्वकपकाे सेमिफाइनलमा भारतलाइ अाठ विकेटले पराजित गरी इङ्ल्यान्ड फाइनलमा पुगेकाे छ ।

टस जिती पहिले ब्याटिङ गरेकाे भारतले १९.३ अाेभरमा सबै विकेट गुमाउँदै ११२ रन बनाएकाे थियाे । जितका लागि ११३ रनकाे लक्ष पछ्याएकाे इङ्ल्यान्डले १७.१ अाेभरमा २ विकेट मात्र गुमाएर ११६ रन बनाएकाे थियाे ।

इङ्ल्यान्डका लागि एइ जाेन्सले अविजित ५३ र एनअार सिभरले अविजित ५२ रनकाे याेगदान दिएका थिए ।

दोस्रो खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई ७१ रनले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गर्नु परेको अस्ट्रेलियाले पाँच विकेटको क्षतिमा १४२ रन बनाएको थियो ।

जवाफमा वेस्ट इन्डिजको टोली १७.३ ओभरमा ७१ रनमै समेटिएको थियो ।

अब फाइनल खेल आगामी आइतबार हुनेछ ।

बंगलादेश–वेस्ट इन्डिज टेस्ट क्रिकेट
बंगलादेशमा जारी बंगलादेश र वेस्ट इन्डिजबीचको पहिलो टेस्टमा बंगलादेशको टोली पहिलो इनिङमा ३२४ रनमा समेटिएको छ ।

बिहीबार ८ विकेटको क्षतिमा ३१५ रन बनाएको बंगलादेशले दोस्रो दिन ४.४ ओभरमा बाँकी २ विकेट गुमाएको थियो । वेस्ट इन्डिजका जोमेल वार्रीकानले दुवै विकेट लिएका थिए ।

श्रीलंका–इङ्ल्यान्ड टेस्ट
कोलम्बो – श्रीलंका र इङ्ल्यान्डबीचको तेस्रो तथा अन्तिम टेस्ट क्रिकेट प्रतियोगिता कोलम्बोमा शुरु भएको छ । इङ्ल्यान्डका कप्तान जो रुटले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् ।

यसअघिका दुवै टेस्ट इङ्ल्यान्डले जितिसकेको छ । तेस्रो टेस्टमा इङ्ल्यान्डका तर्फबाट जेम्स एन्डरसनको स्थानमा स्टुआर्ट ब्रोड र साम कुरानको स्थानमा जोन्नी बेयरस्टले खेल्ने छन् ।