२ भाद्र २०८३, मंगलवार
,
Latest
सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई तोकिएकै समयभित्र कांग्रेस महाधिवेशन सम्पन्न गर्न सभापति थापाको निर्देशन राजदूत नियुक्तिमा ढिलाइप्रति कांग्रेसको चासो, तत्काल नियुक्ति गर्न सरकारलाई आग्रह ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति गर्न सरकार असफल भएको काँग्रेसको आरोप केवाइसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ जनकवि दुर्गालाल श्रेष्ठको शोभा भगवतीमा अन्त्येष्टि तीन महिनामै नेपाल टेलिकमको नाफा ४ अर्ब २० करोड नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो संविधान संशोधनमा सरकार गम्भीर नभएको कांग्रेसको आरोप काँग्रेसको १५ औँ महाधिवेशन असोज १६–१९ मा गर्ने निर्णय यथावत, तल्लो तहको अधिवेशन आवश्यकताका आधारमा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला विश्वकप, इङ्ल्यान्ड र अस्ट्रेलिया फाइनलमा प्रवेश



अ+ अ-

एन्टीगा, ७ मंसिर । वेस्ट इन्डिजकाे एन्टिगामा भइरहेकाे महिला टीट्वान्टी विश्वकपकाे सेमिफाइनलमा भारतलाइ अाठ विकेटले पराजित गरी इङ्ल्यान्ड फाइनलमा पुगेकाे छ ।

टस जिती पहिले ब्याटिङ गरेकाे भारतले १९.३ अाेभरमा सबै विकेट गुमाउँदै ११२ रन बनाएकाे थियाे । जितका लागि ११३ रनकाे लक्ष पछ्याएकाे इङ्ल्यान्डले १७.१ अाेभरमा २ विकेट मात्र गुमाएर ११६ रन बनाएकाे थियाे ।

इङ्ल्यान्डका लागि एइ जाेन्सले अविजित ५३ र एनअार सिभरले अविजित ५२ रनकाे याेगदान दिएका थिए ।

दोस्रो खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई ७१ रनले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गर्नु परेको अस्ट्रेलियाले पाँच विकेटको क्षतिमा १४२ रन बनाएको थियो ।

जवाफमा वेस्ट इन्डिजको टोली १७.३ ओभरमा ७१ रनमै समेटिएको थियो ।

अब फाइनल खेल आगामी आइतबार हुनेछ ।

बंगलादेश–वेस्ट इन्डिज टेस्ट क्रिकेट
बंगलादेशमा जारी बंगलादेश र वेस्ट इन्डिजबीचको पहिलो टेस्टमा बंगलादेशको टोली पहिलो इनिङमा ३२४ रनमा समेटिएको छ ।

बिहीबार ८ विकेटको क्षतिमा ३१५ रन बनाएको बंगलादेशले दोस्रो दिन ४.४ ओभरमा बाँकी २ विकेट गुमाएको थियो । वेस्ट इन्डिजका जोमेल वार्रीकानले दुवै विकेट लिएका थिए ।

श्रीलंका–इङ्ल्यान्ड टेस्ट
कोलम्बो – श्रीलंका र इङ्ल्यान्डबीचको तेस्रो तथा अन्तिम टेस्ट क्रिकेट प्रतियोगिता कोलम्बोमा शुरु भएको छ । इङ्ल्यान्डका कप्तान जो रुटले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् ।

यसअघिका दुवै टेस्ट इङ्ल्यान्डले जितिसकेको छ । तेस्रो टेस्टमा इङ्ल्यान्डका तर्फबाट जेम्स एन्डरसनको स्थानमा स्टुआर्ट ब्रोड र साम कुरानको स्थानमा जोन्नी बेयरस्टले खेल्ने छन् ।