२ पुष २०८२, बुधबार
,
Latest
किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियामाथि भारतकाे प्रभावशाली जित



अ+ अ-

सिड्नी, ९ मंसिर । भारतले अस्ट्रेलियालाइ तेस्राे तथा अन्तिम टीट्वान्टी क्रिकेटमा ६ विकेटले पराजित गरेकाे छ । याे जितसँगै दुवै देशले एकएक खेल जितेका छन् । दाेस्राे खेल वर्षाका कारण रद्द भएकाे थियाे ।

टस जिती पहिले ब्याटिङ गरेकाे अस्ट्रेलियाले निर्धारित २० अाेभरमा छ विकेट गुमाएर १६४ रनकाे मध्यम स्काेर खडा गरेकाे थियाे । अस्ट्र्रेलियाका लागि डी सर्टले ३३, अाराेन फिन्चले २८, ए क्यारीले २७, स्टाेवाइनिसले २५ रनकाे याेगदान दिएका थिए ।

अस्ट्रेलियालाइ सस्तैमा समेट्ने क्रममा भारतीय बलर क्रुनाल पान्ड्याले ३६ रन दिएर ४ विकेट लिएका थिए ।

जवाफमा भारतीय कप्तान विराट काेहलीले अविजित ६४ रन बनाउनुका साथै अाेपनर राेहित शर्मा (२३) र शिखर धवन (४१ रन) उत्कृष्ट सुरूअात गरेका थिए । भारतले १९.४ अाेभरमा ४ विकेटकाे क्षतिमा १६८ रन बनाएकाे थियाे ।

भारतीय ब्याट्सम्यानका अघिल्तिर अस्ट्रेलियाली बलरहरू फिक्का देखिएका थिए ।

भारतीय बलर क्रुनाल म्यान अफ द म्याचकाे उपाधि जितेका थिए ।