२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशद्वारा सिरिज क्लिन स्वीप



अ+ अ-

काठमाडौं । मेहदी हसन मिराजको १२ विकेटसँगै बंगलादेशले वेष्ट इन्डिजविरुद्ध दोस्रो टेष्टमा एक इनिङ र १८४ रनको फराकिलो जित हात पारेको छ । यससँगै उसले दुई टेष्टको सिरिज क्लिन स्वीप गरेको छ ।

शेर बंगला नेशनल स्टेडियममा ५ विकेटको क्षतिमा बनाएको ७५ रनबाट तेस्रो दिनको खेल थालेको वेष्टइण्डिज १११ रनमा अलआउट भयो ।

बंगलादेशले ५०८ रन बनाएर पहिलो पारी समाप्तीको घोषणा गरेको थियो । ३९७ रनले पछि परेको वेष्टइण्डिज दोस्रो पारी थाल्यो तर २१३ रनमा समेटियो । सिम्रोन हिटम्येरले ९३ रन बनाएका थिए ।

वेष्ट इन्डिजको पहिलो पारीमै सात विकेट लिएर सनशनीपूर्ण प्रदर्शन गरेका मिराजले दोस्रो इनिङ्समा पाँच विकेट लिन सफल भए ।

यसअघि भएको पहिलो टेष्ट खेलमा घरेलु टोली बंगलादेशले वेष्ट इन्डिजलाई ६४ रनले पराजित गरेको थियो ।