१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यूजील्यान्डले पाकिस्तान विरूद्धकाे टेस्ट सिरिज जित्याे



अ+ अ-

अबुधाबी, २१ मंसिर । युएइकाे अबुधाबीमा जारी तेस्राे तथा अन्तिम टेस्ट क्रिकेटमा न्यूजील्यान्डले पाकिस्तानलाइ १२३ रनले पराजित गरेकाे छ । याे जितसँगै न्यूजील्यान्डले धेरै वर्षपछि शृङ्खला जितेकाे छ । न्यूजील्यान्डले तीन टेस्टकाे यस सिरिजमा २ – १ ले जित हासिल गरेकाे छ ।

टस जितेर पहिले ब्याटिङ गरेकाे न्यूजील्यान्डले केन विलियम्सनकाे महत्वपूर्ण ८९ रनकाे मद्दतले २७४ रन बनाएकाे थियाे भने दाेस्राे इनिङमा फेरि विलियम्सनकाे १३९ र एचएम निकाेल्सकाे १२६ रनकाे मद्दतले ७ विकेटकाे क्षतिमा ३५३ रन बनाइ पारी समाप्तीकाे घाेषणा गरेकाे थियाे ।

न्यूजील्यान्डले प्रस्तुत गरेकाे २८० रनकाे चुनाैती पाकिस्तानका लागि पाँचाैं दिनकाे सुस्त पिचमा निकै कठिन भएकाे थियाे । दाेस्राे इनिङमा पाकिस्तान केबल १५६ रन बनाएर अलअाउट भएकाे थियाे । पाकिस्तानले पहिलाे इनिङमा ३४८ रन बनाएकाे थियाे ।

पाकिस्तान विरूद्ध ४९ वर्षपछि शृङ्खला जितेकाे हाे ।

खेल संक्षेप

न्यूजील्यान्ड  २७४ र ३५३ रन (१२३ रनकाे फराकिलाे अन्तरबाट विजयी)

पाकिस्तान  ३४८ र १५६ रन

प्लेयर अफ द म्याचः केन विलियम्सन

प्लेयर अफ द सिरिजः यासिर शाह

 

पहिलाे टेस्टः न्यूजील्यान्ड ४ रनले विजयी

दाेस्राे टेस्टः पाकिस्तानले इनिङ र १६ रनले विजयी