१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलाहकाे ह्याट्रिक, लिभरपुल विजयी, सिटी चेल्सीसँग पराजित



अ+ अ-

काठमाडाैं, २२ मंसिर । इङलिस प्रिमियर लिग अन्तर्गत शनिबार भएकाे पहिलाे खेलमा माेहम्मद सलाहकाे ह्याट्रिककाे मद्दतले लिभरपुलले बाेर्नमाउथलाइ ४-० गाेल अन्तरले पराजित गरेकाे छ ।

सलाहले लिभरपुलका लागि २५, ४८ र ७७ मिनेटमा गाेल गरेका थिए । एक गाेल बाेर्नमाउथका स्टीभ कूकले अात्मघाती गाेल गरेका थिए ।

याे जितसँगै लिभरपुलकाे १६ खेलबाट ४२ अंक भएकाे छ ।

अर्काे खेलमा लिगकाे शीर्ष स्थानमा रहेकाे म्यान्चेस्टर सिटीलाइ चेल्सीले २ – ० गाेलले पराजित गरेकाे छ । निकै प्रतिस्पर्धात्मक उक्त खेलमा चेल्सीका लागि कान्टे र डेभिड लुइजले गाेल गरेका थिए । सिटीले गाेल गर्ने केही गुमाएकाे यस खेलमा सिटीकाे हारसँगै दाेस्राे स्थानमा झरेकाे छ ।

राति भएकाे अर्काे खेलमा टाेटेनह्यामले लेस्टर सिटीलाइ २-० गाेल अन्तरले पराजित गरेकाे छ ।

 

शनिबार नै भएका अन्य खेलकाे नतिजा निम्न अनुसार छः

१. म्यान्चेस्टर युनाइटेड र फुलह्याम (४ – १)

२. अार्सनल र हडर्सफिल्ड (१ – ०)

३. बर्नली  र  ब्राइटन (१ – ०)

४. कार्डिफ र साउथह्याम्पटन (१ – ०)

५. वेस्टह्याम र क्रिस्टल प्यालेस (३ – २)

पछिल्लाे अंक तालिका

[table id=2 /]