२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

इपिएल : भैरहवाको लगातार दोस्रो जित



अ+ अ-

काठमाडौँ । भैरहवा ग्लाडिएटर्सले एभरेष्ट प्रिमियर लिग इपिएलमा लगातार दोस्रो जित हासिल गरेको छ ।कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको दोस्रो खेलमा चितवन टाइगर्सलाई १२ रनले पराजित गर्दै भैरहवाले लगातार दोस्रो जित निकालेको हो । जितसँगै भैरहवाले चार अङ्क जोडेको छ । भैरहवाले दिएको १४४ रनको लक्ष्य पछ्याएको चितवनले पूरै २० ओभर खेलेर नौ विकेट गुमाइ १३१ रनमात्र बनाउन सक्यो । चितवनका लागि ओपनर पउल स्ट्रलिङले सर्वाधिक ३६ रन बनाए भने जोन सिम्पसनले २६ तथा दिलिप नाथले १२ रन जोडे । शाहब आलमले नटआउट १६ रन बनाए ।

बलिङमा भैरहवाका कप्तान शरद भेषावकर र रवीइन्दर सिंहले दुई÷दुई, रायन टेन डेसचाटे र अभिनाश बोहराले एक÷एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले १९।३ ओभरमा सबै विकेट गुमाएर १४३ रन बनाएको थियो । भैरहवाका लागि राएन टेन डेसकाटेले ३५, प्रदिप ऐरीले २६, रवीइन्दर सिंहले २५, आरिफ शेख र पुनित मेहराले १२÷१२ रन जोडेका थिए ।

चितवनका सागर ढकालले तीन र जर्ज स्कटले दुई विकेट लिएका थिए । जारी प्रतियोगितामा चितवनको यो लगातार तेस्रो हार हो । बुधबार पहिलो खेलमा भैरहवाले विराटनगर वारियर्ससँग र काठमाडौँ किंग्स ११ ले ललितपुर प्याट्रियसबीच खेल हुनेछ ।
रासस