१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोनाल्डो सम्मिलित युभेन्टस कमजोर बन्दै, योङ ब्वाइजसँग पराजित



अ+ अ-

सुपरस्टार क्रिस्टियानो रोनाल्डो सम्मिलित इटालियन क्लब युभेन्टस तुलनात्मक रुपमा कमजोर मानिएको स्वीस क्लब योङ ब्वाइजसँग पराजित भएको छ । योङ ब्वाइजले युभेन्टसलाई २–१ ले पराजित गरेको हो ।

योङ ब्वाइजको घरेलु मैदामा बुधबार राति भएको खेलमा युभेन्टसलाई पराजित गर्द गुइलाउमीले २ गोल गरे । युभेन्टसका पाउलो डिब्यालाले एक गोल फर्काए । घरेलु टोलीले खेलको ३०औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खेलमा सुरुवाती अग्रता बनाएको थियो ।

युभेन्टसका एलेक्स सान्द्रोले योङ ब्वाइजका नागामालेउलाई डि–बक्समा फउल गरेपछि रेफ्रीले योङ ब्वाइजलाई पेनाल्टीको मौका दिएको थियो । जसमा गुइलाउमीले सहजै गोल गरे ।

पहिलो हाफमा १–० को अग्रता बनाएको योङ ब्वाइजले ६८औं मिनेटमा अग्रता दोब्बर पार्यो । यसपटक नागामलेउको पासमा गुइलाउमीले गोल गरे ।

८०औं मिनेटमा पाउलो डिब्यालाले रोनाल्डोको पासलाई सदुपयोग गर्दै एक गोल गर्दै खेलमा फर्कने संकेत दिएका थिए । तर, त्यसपछि थप गोल निस्कन नसक्दा योङ ब्वाइज २–१ ले विजयी हुन सफल भयो ।

योङ ब्वाइजसँगको हारपछि पनि युभेन्टस समूह ‘एच’ बाट समूह विजेताको रुपमा नकआउट चरणमा पुग्न सफल भएको छ । योङ ब्वाइज ४ अंक जोडेर पुछारमा रह्यो ।

यही समूहको अर्को खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड स्पेनिस क्लब भ्यालेन्सियासँग २–१ ले पराजित भयो । पराजित भएपनि म्यानचेस्टर युनाइटेड समूह उपविजेताको रुपमा अन्तिम १६ मा पुग्न सफल भएको छ ।

भ्यालेन्सियाको जितमा कार्लोस सोलरले गोल गरे । एक गोल उपहार पाएको थियो । युनाइटेडका मार्कुस रासफोर्डले एक गोल फर्काए । वर्न (एजेन्सी)