५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप लामिछाने दिल्ली क्यापिटलमा यथावत, अक्षर पटेल र अमित मिश्रका कारण समस्या



अ+ अ-

भारतीय अाइपिएलकाे अागामी वर्ष २०१९ का लागि मंगलबार भएकाे खेलाडी लिलामीमा नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने बिक्री भएनन् । अर्थात उनी दिल्ली क्यापिटलमै रहने भएका छन् । यसै वर्ष दिल्ली डेयरडेभिल्सकाे नाम परिवर्तन गरी दिल्ली क्यापिटल गरिएकाे छ ।

दिल्ली क्यापिटलमा सन्दीप सहित श्रेयस अायर, रिसभ पन्त, पृथ्वी श, अमित मिश्र, अभेष खान, हर्ष पटेल, राहुल टेवटिया, जयन्त यादव, मनाेज काल्रा, काेलिन मुनराे, क्रिस माेरिस, कागिसाे राबाडा र ट्रेन्ट बाउल्ट रहेका छन् र यी सबै गत वर्षदेखि नै दिल्ली डेयरडेभिल्समा थिए ।

यसपटक दिल्ली क्यापिटलले शिखर धवनलाइ सनराइजर्स हैदराबादबाट खरिद गरेकाे छ । यसबापत दिल्लीले अभिषेक शर्मा, विजय शंकर र शाहबाज नदीमलाइ बेचेकाे छ ।

दिल्ली क्यापिटलले यसपटक हनुमा बिहारीलाइ भारू २ कराेड, अक्षर पटेललाइ भारू ५ कराेड, इशान्त शर्मालाइ भारू १ कराेड १० लाख, अन्कुष बैन्सलाइ २० लाख, नाथु सिंहलाइ २० लाख, काेलिन इन्ग्रामलाइ ६ कराेड ४० लाख, शेरफान रदरफाेर्डलाइ २ कराेड, जलाज सक्सेनालाइ २० लाख र बान्दरू अायप्पालाइर् २० लाखमा खरिद गरेकाे छ ।

दिल्ली क्यापिटलकाे बर्तमान टीम स्वरूप हेर्दा नेपाली युवा सन्दीपले धेरै म्याच खेल्न पाउने सम्भावना कमै देखिएकाे छ । खासगरी अमित मिश्र र अक्षर पटेलका कारण सन्दीपकाे खेल्ने सम्भावना कम भएकाे हाे ।

दिल्ली डेयरडेभिल्सले गत वर्ष सन्दीपलाइ २० लाख भारूमा खरिद गरेकाे थियाे ।

अन्य ठूला खरिद निम्न बमाेजिम छन्ः

वरूण चक्रवर्ती (८ कराेड ४० लाख)

जयदेव उनाडकट (८ कराेड ४० लाख)

साम कुरान (७ कराेड २० लाख)

काेलिन इन्ग्राम (६ कराेड ४० लाख)

िशभव दुवे (५ कराेड)

माेहित शर्मा (५ कराेड)

अक्षर पटेल (५ कराेड)

कार्लाेस ब्रेथवाइट (५ कराेड)

प्रभसिमरन सिंह (४ कराेड ८० लाख)

माेहम्मद शामी (४ कराेड ८० लाख)

निकाेलास पूरान .(४ कराेड २० लाख)

शिभरन हेटमायर (४ कराेड)

बारिन्दर सरन (३ कराेड ४० लाख)

वरूण अाराेन (२ कराेड ४० लाख)

जाेनी बेरिट्अ (२ कराेड २० लाख)

लसिथ मालिंगा (२ कराेड)

सर्फन रदरफाेर्ड (२ कराेड)

युवराज सिंह (भारू १ कराेड)

मार्टीन गप्टील (भारू १ कराेड)

प्रयास रे बर्मन (भारू १ कराेड ५० लाख)

अाेसन थाेमस (१ कराेड १० लाख)

लकी फर्गुसन (१ कराेड ६० लाख)

रिद्धिमन साह (१ कराेड २० लाख)