२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिग ब्यासमा सन्दीपले लिए दुई विकेट



अ+ अ-

काठमाडौं । नेपालका युवा बलर सन्दीप लामिछानेले अस्ट्रेलियाको प्रतिष्ठित बिग ब्यास लिगको पहिलो खेलमै दुई विकेट लिएर सनसनीपूर्ण सुरुआत गरेका छन् ।

मेलबर्न स्टार्सले सिड्नी थन्डर्सविरुद्ध लिगको पहिलो खेलमै उनले दुई विकेट लिएका हुन् ।

मेलबर्नका कप्तान ग्लेन म्याक्सवेलले आठौं ओभरमा सन्दीपलाई बल दिएका थिए । उनले दोस्रो बलमै शेन वाट्सनको विकेट लिए ।

ओभरको अन्तिम बलमा क्यालम फर्गुसनको विकेट लिए । त्यसपछि आफ्नो तीन ओभरमा भने उनले विकेट लिन सकेनन् र समग्र चार ओभरमा ३६ रन खर्चिए ।

यद्यपी खेलमा मेलबोर्न स्टार्स १५ रनले सिड्नी थन्डर्ससँग पराजित भएको थियो ।

खेलको पूर्वसन्ध्यामा मेलबर्न स्टार्सका कप्तान म्याक्सवेलले सन्दीपको खुलेर प्रशंसा गरेका थिए ।

‘मैल आईपीएलका केही खेलमा उनको बलिङ हेरेको थिएँ, उनमा ब्याट्सम्यानलाई छक्याउने कला छ,’ म्याक्सवेलले भने, ‘उनी हाम्रो टिमका स्टार हुन् ।’

शारीरिक रुपमा धेरै बलियो नभए पनि सन्दिपको बलिङ ‘स्मार्ट’ भएको म्याक्सवेल बताउँछन् । नेटमा प्राक्टिस गर्दा मलाई उनको बलिङ बुझ्न धेरै दिन लाग्यो । म उनलाई सिधा हान्ने प्रयास गर्थेँ र बोल्ड हुन्थे । आशा छ बीबीएलमा उनको बलिङले विपक्षी ब्याट्सम्यानहरुलाई हैरान बनाउने छ ।




भर्खरै