१३ भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

छैटौँ पोल्ट्री दिवस मनाइयो



अ+ अ-

चितवन । नेपालमा दैनिक ३५ लाख गोटा कुखुराको अण्डा उत्पादन हुने गर्दछ । यस्तै लेयर्स चल्ला प्रति हप्ता रु दुई लाख ५० हजार, ब्रोइलर चल्ला प्रतिहप्ता २७ लाख गोटा उत्पादन हुँदै आएको छ । कुखुरालाई आवश्यक दाना प्रतिदिन तीन हजार मेट्रिक टन उत्पादन हुने गरेको छ ।

कुखुराको मासु प्रतिदिन नौ लाख किलो उत्पादन हुँदै आएको छ । पोल्ट्री व्यवसायले एक लाख ७० हजारलाई प्रत्यक्ष रोजगारी दिएको छ । नेपाल कुखुरा व्यवसायी मञ्चका महासचिव डा रेवन्तकुमार भट्टराईका अनुसार पोल्ट्री व्यवसायले राष्ट्रिय आयमा चार प्रतिशत योगदान दिँदै आएको छ ।

यसै सन्दर्भमा छौटौँ राष्ट्रिय पोल्ट्री दिवस चितनवमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

नेपालमा आधुनिक पोल्ट्रीको शुरुआत भएको दिन विसं २०१७ पुस १७ गतेलाई स्मरण गर्दै २०७० सालबाट पोल्ट्री दिवस मनाउन लागिएको हो । दिवसको अवसर पारी आज भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बिरामी र आफन्तलाई अण्डा वितरण गरिएको छ । नेपाल कुखुरा व्यवसायी मञ्चका महासचिव डा रेवन्तकुमार भट्टराईका अनुसार दुई अस्पतालका दुई हजार जनालाई अण्डा वितरण गरिएको हो ।

भरतपुर अस्पतालमा अण्डाको महत्वमाथि मेडिकल सुपरिटेण्डेन्ट डा कृष्ण पौडेल र फिजिसियन डा भोजराज अधिकारीले अण्डा र कुखुराको मासुमा पाइने तत्व कस्तो कस्तो बिरामीलाई उपयुक्त हुन्छ भन्ने विषयमा जानकारी दिनुभएको थियो । क्यान्सर अस्पतालमा डा कृष्णसागर पौडेलले अण्डा र कुखुराको मासुबाट हुने फाइदाबारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष प्रा डा होमबहादुर बस्नेत, महासचिव डा रेवन्तकुमार भट्टराईले दिवसको वारेमा प्रकाश पार्नुभएको थियो ।