१३ भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाडोमा पनि आरोहण आकर्षण



अ+ अ-

काठमाडौँ । जाडो याममा पनि हिमाल आरोहणको आकर्षण उत्तिकै बढ्दो छ । यस सिजनमा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल तथा चुली (पिक) आरोहण गर्न विभिन्न मुलुकका पर्वतारोही जाने गरेका छन् ।

पर्यटन विभागका अनुसार गत वर्षको हेमन्त ऋतुमा सगरमाथासहित हिमाल र चुली आरोहणका लागि १० वटा आरोहण दल आएका थिए । सगरमाथा, अमादब्लङ, पुमरी, थापापिक (धम्पुस), गौगिरीलगायत आरोहणका लागि गएका हुन् । सगरमाथा गएको एसएसटी विन्टर एलेक्जेन्डर चिकोन एभरेष्ट एक्सिपिडिसन आरोहण दल यसअघि सन् २०१६ मा पनि सगरमाथा आरोहण गर्न आएको थियो ।

यस वर्ष पनि अष्ट्रेलियालगायत मुलुकबाट तीन वटा आरोहण दल अमादब्लङ हिमाल र धम्पुस पिक आरोहणका लागि गएको विभागले जनाएको छ । सन् २०१७ को जाडोयाममा रु नौ लाख २६ हजारभन्दा बढी आरोहण रोयल्टी उठेको छ । विभागको पर्वतारोहण शाखाका अनुसार यो वर्ष पनि गत वर्षकै हाराहारीमा आरोही आउने अनुमान गरिएको छ ।

विभागको विवरण अनुसार सन् २०१८ को शरद ऋतुमा ५५ वटा हिमाल र पिक आरोहणका लागि १७३ आरोहण दलका एक हजार ३९८ आरोहीबाट पाँच करोड ३८ लाख १७ हजार २७४ रोयल्टी सङ्कलन भएको छ । सोही वर्षको वसन्त ऋतुमा ४०० भन्दा बढीले सगरमाथा आरोहण गरेका थिए ।

वैशाख ३० देखि जेठ ११ गतेसम्म भएको आरोहणबाट ३६ करोड १४ लाख ९८ हजार ३२१ रोयल्टी उठेको छ । उक्त अवधिमा सगरमाथासहित २८ हिमालबाट ४१ करोड २८ लाख ८४ हजार ६३८ रोयल्टी जम्मा भएको विभागले जनाएको छ ।

हिमाल आरोहणका लागि वसन्त ऋतु (स्प्रिङ सिजन) उपयुक्त मानिन्छ । यो याममा धेरै आरोही सगरमाथासहितका हिमाल आरोहणमा निस्कन्छन् ।