१३ भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जग्गामा घर छ तर लालपुर्जा छैन



अ+ अ-

वीरगञ्ज । वंशजको आधारमा नागरिकता प्रमाणपत्र छ, जग्गा छ, जग्गामा घर पनि छ तर जग्गा भने नाममा छैन । यस्तो पीडा विगत १३ वर्षदेखि भोग्दै आएको छ जिरा भवानी गाउँपालिका–३ परसुवाटाडीका ६५ दलित परिवारले ।

सो ठाउँमा २०६२ सालतिर ऐलानी जग्गामा बसोबास गर्दै आएका ६५ घरपरिवारले आजसम्म लालपुर्जा पाएका छैनन् । तेह्र वर्षमा पनि उनीहरूको जग्गा नापी हुन नसक्दा आजसम्म सुकुम्बासी भएको पीडा भोग्दै आइरहेका छन् ।

आधारभूत आवश्यकताभन्दा टाढा रहेको परसुवाटाडीको सुकुम्बासी बस्तीमा चमार, मुसहर, दुसाद, मुसलिम, थारू जातिको बाहुल्य रहे पनि उनीहरू लालपुर्जाविहीन अवस्थामा छन् । “वंशजको नागरिकता पाएका र स्थानीय निर्वाचनमा मत खसाल्ने अधिकार प्राप्त गरेका ती सुकुम्बासीले हालसम्म पनि लालपुर्जा पाउन नसक्नु विडम्बना नै हो”, स्थानीय भोला महतो थारू भन्नुहुन्छ, “सो जग्गाको हालसम्म नापी हुन नसक्दा ती दलित लालपुर्जाविहीन अवस्थामा बस्नुपरेको छ ।”

प्रदेश नं २ सरकारसमेत पूर्वाग्रही भएपछि उनीहरू हालसम्म सुकुम्वासी नै भएको उनीहरूको गुनासो छ । लालपुर्जाविहीन सुकुम्बासी भन्छन्, “गाउँपालिकाभित्र इलाका प्रशासन कार्यालय आइपुग्दासमेत हाम्रो जग्गाको लालपुर्जाबारे केही प्रयास हुन सकेको छैन ।”