२४ असार २०८३, बुधबार
,
Latest
औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत छानबिन प्रतिवेदन नआउँदासम्म बसपार्कको जग्गा दाबी गर्न मिल्दैनः पोखरा महानगरपालिका प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित कोशी प्रदेश सरकारको निर्णय सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन शैक्षिक परामर्श संस्थामा कडाइ, २५ लाख धरौटी र ‘डिजिटल’ कारोबार अनिवार्य सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु राहदानी सेवा दुई दिन बन्द हुने अफगानिस्तानमा पहिलो द्रुत डीएनए फोरेन्सिक प्रणाली सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

२४ घण्टाभित्र नेटफ्लिक्समा सबैभन्दा हेरिएको सिरिज, नरकका जल्लादले पूरा गर्छन् भविष्यवाणी



अ+ अ-

काठमाडौँ । ओटिटी प्लेटफर्ममा नेटफ्लिक्समा एकपछि अर्को राम्रा सिरिज र फिल्महरु छन् । तर के तपाइँलाई थाहा छ कि पछिल्लो २४ घण्टाभित्र एउटा सिरिजलाई सबैभन्दा धेरैपटक हेरिएको छ । यो सिरिजले स्क्विड गेमलाई पनि पछाडि पारिदिएको छ । 

यो सिरिजको लोकप्रियताबाटै अनुमान गर्न सकिन्छ कि विश्वभरका दर्शकहरु यसलाई कति मन पराउँछन् । नेटफ्लिक्समा पछिल्लो २४ घण्टामा हेलबाउण्ड सिरिजलाई सबैभन्दा धेरै पटक हेरिएको छ । यो दक्षिण कोरियाली थ्रिलर सिरिज हो । 

यसमा नरकबाट जल्लाद आएर भविष्यवाणी पूरा गर्छन् । यो सिरिज स्क्विड गेमलाई पछाडि पार्दै पछिल्लो २४ घण्टामा विश्वमा सबैभन्दा धेरै पटक हेरिएको सिरज बनेको छ । फ्लिक्सपेट्रोल एनालिटिकले यसको पुष्टि गरेको हो । यो सिरिजले इन्टरनेटमा सनसनी मच्चाएको छ र यसलाई दर्शकले अत्यधिक रुचाएका छन् । 

यो सिरिजको निर्देशन यओन साङ–हो ले गरेका हुन् । उनले अत्यन्त सफल जम्बी थ्रिलर ट्रेन टु बुसानको पनि निर्देशन गरेका थिए । हेलबाउण्ड विश्वभरका ८० भन्दा धेरै मुलुकमा प्रदर्शित भएपछि रिलिज भएको २४ घण्टाभित्र सबैभन्दा धेरै पटक हेरिएको सिरिज बनेको छ । 

यो सिरिज स्वर्ग र नरकको अवधारणामाथि बनेको हो र यसमा स्वर्गका दूतहरु खराब मनुष्यहरुलाई नरकमा लैजानका लागि धर्तीमा आएको देखाइएको छ । यसअघि स्क्विड गेमलाई ११ करोड १० लाख मानिसले हेरेका थिए । यो नेटफ्लिक्समा सबैभन्दा धेरै हेरिएको सिरिजको दौडमा ट्रेन्ड भइरहेको थियो । तर अब हेलबाउण्ड योभन्दा अगाडि निस्किएको छ ।