२३ भाद्र २०८३, मंगलवार
,
Latest
सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँले बढ्यो भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग हङकङले नेपाललाई दियो २६२ रनको लक्ष्य राष्ट्रसङ्घको ८१ औँ महासभामा सुरु हुँदै जेन–जी विद्रोहले लोकतन्त्रमा पलाएको कुशासन र भ्रष्टाचारको लेउ पखाल्यो : बाबुराम भट्टराई नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ बाढीपीडितको उद्धार तथा राहतमा धादिङका एमाले स्थानीय कमिटी सक्रिय एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेश सरकारको निर्णय



अ+ अ-

विराटनगर। कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को आज बसेको बैठकले दुई महत्वपूर्ण निर्णय गरेको छ ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार कोशी प्रदेश वन पहिलो संशोधन नियमावली, २०८३ स्वीकृतिका लागि आवश्यक गृहकार्य गर्न कानुन, न्याय तथा प्रदेश मामिला समितिमा पठाउने निर्णय भएको छ ।

यस्तै, ग्रामीण सडक सञ्जाल सुधार आयोजना अतिरिक्त लगानीका कारण प्रभावित संरचना घर, टहर तथा अन्य भौतिक सम्पत्तिको क्षतिपूर्ति निर्धारण तथा वितरण निर्देशिका, २०८३ स्वीकृत गर्न आवश्यक गृहकार्य गर्न आर्थिक, सामाजिक तथा पूर्वाधार समितिमा पठाउने निर्णय भएको सरकारका प्रवक्ता एवं मन्त्री पराजुलीले बताउनुभयो । रासस