१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित

प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
अ अ+ अ-

मोरङ। कोशी प्रदेश खेलकुद विकास बोर्डले राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्ने प्रदेशका १०० भन्दा बढी खेलाडीलगायतलाई सम्मान गरेको छ ।

आर्थिक वर्ष २०८२÷८३ मा राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्ने प्रदेशका खेलाडीहरुलाई सम्मान तथा प्रोत्साहन कार्यक्रमअन्तर्गत पदक विजेता प्रदेशका खेलाडी, अग्रज खेलकर्मी र खेलकुद पत्रकारलाई नगदसहित सम्मान गरिएको हो ।

कार्यक्रममा बोर्डले श्रीलङ्कामा सम्पन्न एसबिआई प्रथम पहिलो दृष्टिविहीन महिला क्रिकेटमा दोस्रो स्थान हासिल गर्ने प्रदेशका खेलाडीद्वय प्रतिभा राई र सुनिता भुजेललाई रु एक÷एक लाखसहित सम्मान गरेको छ ।

यसैगरी संयुक्त अरब इमरेट्स (युएई) को दुबईमा सम्पन्न एसियाली युथ पारा गेम्सअन्तर्गत टेबलटेनिस यु–२३ एकलतर्फ रजत पदक प्राप्त गर्न सफल स्वीकृत न्यौपानेलाई रु ५० हजारसहित सम्मान गरिएको छ ।

यस्तै विभिन्न विधाको प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी, व्यवस्थापक र प्रशिक्षकलाई नगदसहित सम्मान गरिएको छ । कार्यक्रममा पाँच खेलकुद पत्रकारलाई समेत सम्मान गरिएको थियो ।

बोर्डका अध्यक्ष तथा सामाजिक विकासमन्त्री रामप्रसाद मेहता, उपाध्यक्ष वसन्तराज अर्याल, सदस्यसचिव विप्लव घोषलगायतले सम्मानपत्रद्वारा सम्मान गर्नुभएको हो । सो अवसरमा मन्त्री मेहताले अन्तरराष्ट्रिय क्षेत्रमा मुलुकको नाम चिनाउने खेलाडीलाई सम्मान गर्दा गर्व लागेको बताउनुभयो ।

सरकार खेलाडीको वृत्तिविकास, खेल पूर्वाधारको स्तरोन्नति र प्रतियोगिता नियमित आयोजनाका लागि नीतिगत र बजेटको व्यवस्था गरिने उहाँले बताउनुभयो । रासस