२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानिसको कर्म र उसको व्यक्तिगत सम्बन्धहरू फरक कुरा हुन्



अ+ अ-

भगवान कृष्णको पनि निजी सम्बन्ध जटिल थियो। रामको पनि वैवाहिक सम्बन्ध निरासाजनक रह्यो। बुद्ध पनि पारिवारिक सम्बन्ध व्यवस्थापनमा कमजोर नै ठहरिए। नेल्सन मण्डेला, अब्राहम लिंकनजस्ता महामानवहरूको पनि बहुविवाहका उदाहरण छन्।

नरेन्द्र मोदि विवाह भएपनि राजनीतिक भविष्य सुनिश्चितताका लागी पत्नीसँग अलग बसेका हुन्। डोनाल्ड ट्रम्प, इमरान खान आदि चर्चीत नेताहरूको पनि शुरूवाती वैवाहिक सम्बन्ध असफल रहेको तथ्य छ। मनिषा कोइराला, रेखा थापा, प्रियंका कार्की आदि नायिकाहरूको पनि वैवाहिक सम्बन्ध दिगो रहेन।

भन्न खोजिएको कुरा के हो भने मानिसको कर्म र उसको नितान्त व्यक्तिगत सम्बन्धहरूको व्यवस्थापन फरक कुरा हुन्। कोहि सामाजिक सम्बन्ध कसिलो बनाउँदा बनाउँदै पारिवारिक सम्बन्ध मजबुत बनाउन चुक्छन्। कोहि राजनीतिक शक्ति र सार्वजनिक ख्याती पाउँदा पाउँदै पनि निजी जीवन अँध्यारोमा गुजारिरहेका हुन्छन्।

कोहि कसैलाई वैवाहिक र पारिवारिक सुखमा रूमल्लिँदा सामाजिक प्रतिष्ठा र ख्यातीमा आकर्षण रहँदैन। यसर्थ सार्वजनिक छवि भएका व्यक्तिहरूलाई उनीहरूको कर्मबाट नै मुल्यांकन गर्दा वेश होला कि।

#शुरेस बडालको वालबाट