६ मंसिर २०८१, बिहीबार
,
Latest
नदी किनारसम्बन्धी मापदण्डमा पुनरावलोकन अनुमति चिसो बढेपछि सिरक डसनाको कारोवारमा वृद्धि विआरआईबारे अनावश्यक विवाद गरेर नेपालीको भाग्यमाथि खेलवाड गरिरहेको झलनाथको आरोप प्रथम त्रैमासिकको प्रगति समीक्षाः जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयकको मस्यौदा प्रतिवेदन पारित नेपाल वायुसेवा निगमद्वारा टिकटमा छुट उपत्यकामा तीनजना मृतावस्थामा भेटिए विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरेलाई अभिनन्दन नेप्से परिसूचक ३१.३१ अंकले गिरावट,कारोबार रकम ८ अर्ब रूसद्वारा युक्रेनमा अन्तरमहाद्वीपीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार
तपाईं के खोज्दै हुनुहुन्छ ?

१२ वर्षपछि पहिलो पटक एकैचोटी फ्लप भए तीन खान, कस्को कमाई कति ?



अ+ अ-

सन् २०१८ बलिउडका तीनै खानका लागि व्यवसायिक रुपमा सफल हुन सकेन । ईदको मौकामा सलमान खानको रेस–थ्री आयो । यो फिल्मले एउटा रेकर्ड पनि बनायो ।

तर यो रेकर्ड कमाईको मामलामा नभई सोसल मिडियामा ट्रोल भएका कारण स्थापित भयो । यो फिल्मको डायलगमात्र नभई प्रत्येक दृश्यको मीम्स इन्टरनेटमा मज्जाले भाइरल भयो । कमाईको कुरा गर्नुपर्दा फिल्मको पूरा कमाई भारु १६६.४० करोड रह्यो ।

सलमानपछि आमिर खानको ‘ठग्स अफ हिन्दोस्तान’ का साथ पर्दामा आए तर दर्शकको अपेक्षा गरेअनुसार राम्रो हुन सकेन । बक्स अफिसरमा यो फिल्मले १५१.१९ करोडमात्र कमाउन सक्यो । वर्षको अन्त्यमा शाहरुख खान आए । उनको फिल्म ‘जिरो’ सँग दर्शकले निकै आशा गरेका थिए ।

तर फिल्मले दर्शकलाई प्रभावित गर्न सकेन । फिल्म अहिलेसम्म हलमा त छ तर कमाईको कुरा गर्नुपर्दा यसले अहिलेसम्म सय करोडको आँकडा पार गर्न सकेन । ‘जिरो’ ले अहिलेसम्म ८८.८५ करोडको कलेक्शन गरेको छ ।

यी तीनै फिल्म इद, दिवाली र क्रिसमसजस्ता छुट्टीको मौसममा रिलिज भएका थिए । तरपनि दर्शकलाई थिएटर्ससम्म तान्न असफल रह्यो । पछिल्लो १२ वर्षमा पहिलो पटक जब खान्सको फिल्म बक्स अफिसमा हिट हुन सकेन । यसअघि सन् २००६ मा धुम टु ९८१ करोड, लगे रहो मुन्ना भाइ ९७५ करोड, कृश ९७२ करोडले बाजी मारेको थियो । यो वर्ष पनि यी तीनै खान शीष रेसबाट बाहिर छन् ।

अब बक्स अफिसमा यी तीन खानको झण्डा बलियो भएका वर्षबारे जानकारी लिऔंः

सन् २०१७ःलिमान खानको फिल्म ‘टाइगर जिन्दा हे’ ३३९.१६ करोड भारु कमाएर शीर्ष स्थानमा थियो ।

सन् २०१६ःआमिर खानको ‘दंगल’ ले ३८७.३८ करोड कमाईसहित शीर्ष स्थानमा थियो । यो वर्ष सलमानको ‘सुल्तान’ ३००.४५ करोड कमाईसहित दोस्रो स्थानमा थियो ।

सन् २०१५ःसलमान खान ‘बजरंगी भाइजान’ पर्दामा आए र छाए । ३२०.३४ करोड भारुको कमाईसहित यो फिल्म शीर्ष स्थानमा थियो । सन् २०१५ मा सलमानको प्रतिस्पर्धा उनी आफैंसँग रह्यो । उनको फिल्म ‘प्रेम रतन धन पायो’ २१०.१६ करोड भारुको कमाईसहित दोस्रो स्थानमा रह्यो ।

सन् २०१४ःआमिर खानको पीके ३४०.८० करोडको कमाईसहित शीर्ष स्थानमा रह्यो । यो फिल्म तीन सय करोड क्लबमा समावेश भएको पहिलो फिल्म थियो । सलमान खानको किक ९२३१.८५ करोड र शाहरुख खानको ह्याप्पी न्यू इयर ९२०३ करोड कमाएर दोस्रो र तेस्रो स्थानमा रह्यो ।

सन् २०१३ःआमिर खानको धूम २८४.२७ करोड कमाएर शीर्ष स्थानमा रह्यो । शाहरुख खानको चेन्नई एक्सप्रेस २२७.१३ करोड कमाएर दोस्रो स्थानमा रह्यो ।

सन् २०१२ः सलमान खानको ‘टाइगर जिन्दा हे’ ले यो वर्ष १९८.७८ करोड भारु कमाएको थियो । दोस्रो नम्बरमा पनि सलमान नै फिल्म नै थियो । ‘दबंग’ ले १५५ करोड कमाएको थियो ।

सन् २०११ःसलमान खान बडीगार्ड बनेर आए र बक्स अफिसमा पैसाको वर्षा भयो । उनको फिल्मले १४८.८६ करोड भारु कमाएको थियो । त्यसै वर्ष रिलिज भएको ‘रेडी’ ले ११९.७८ करोडको कलेक्शनसहित दोस्रो स्थानमा रह्यो । तेस्रो स्थानमा शाहरुख खानको ‘रा वन’ थियो । फिल्मले ११४.२९ करोड कमाएको थियो ।

सन् २०१०ः १३८.८८ करोड भारु कमाईसहित ‘दबंग’ त्यो वर्ष शीर्ष स्थानमा रह्यो ।

सन् २००९ःआमिर खानको ‘थ्री इडियट्स’ त्यो वर्ष दुई सय करोड कमाउने पहिलो बलिउड फिल्म बनेको थियो । फिल्मले २०२.९५ करोड कमाएको थियो ।

सन् २००८ः आमिरले सन् २००८ मा पहिलो पटक सय करोड क्लबमा इन्ट्रि गरे । उनको फिल्म ‘गजनी’ ले ११४ करोड भारु कमायो । दोस्रो नम्बरमा शाहरुख खानको रब ने बना दी जोडी रह्यो । फिल्मले ८४ करोड कमाएको थियो ।

सन् २००७ः शाहरुख खानका दुई वर्ष शीर्ष स्थानमा रहे । ओम शान्ति ओम ७८ करोड भारु कमायो भने ‘चक दे इन्डिया’ ६७ करोड भारु कमाएर दोस्रो स्थानमा रह्यो ।