१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्दिर र अनाथ बालबालिकाको सहयोगका लागि ‘म्हेन्दु’को शो



अ+ अ-

डोल्पा । विकट हिमाली जिल्ला डोल्पामा छायाङ्कन गरिएको नेपाली कथानक चलचित्र ‘म्हेन्दु’को विशेष ‘च्यारिटी शो’ गरिने भएको छ । आगामी माघ ७ गते बिहान ८ बजे काठमाडौँ बालाजुस्थित अष्टनारायण हलमा फिल्मको विशेष च्यारिटी शो गरिने भएको हो ।

डोल्पाको मौलिकतालाई झल्काइएको चलचित्र म्हेन्दु नेपालकै प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरी मन्दिर, मान्छेको बलि दिने इतिहास बोकेको ऐतिहासिक क्षेत्र राजारानी लगायतका प्रमुख पर्यटकीय गन्तव्यमा छायाङ्कन गरिएको हो ।

त्रिपुरासुन्दरी मन्दिरको अक्षयकोष तथा जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत विपन्न अनाथ तथा असहाय बालबालिकाको सहयोगार्थ फिल्मको च्यारिटी सो हुने भएको निर्माण पक्षले जनाएको छ ।

चलचित्र प्रदर्शनबाट उठेको रकमबाट मन्दिर र बालबालिकालाई सहयोग गर्ने बताइएको छ । डोल्पालीको पीडादायी जीवनशैली र उनीहरूको यथार्थ परिवेशमा आधारित रहेर छायाङ्कन गरिएको चलचित्र म्हेन्दुले समग्र हिमाली भेगको वास्तविकतालाई प्रतिनिधित्व गरेको छ ।

चलचित्रमा डोल्पालीको जनजीवन मात्र नभई यहाँको प्राकृतिक सम्भावनालाई समेत पर्दामा उतार्न प्रयास गरिएको निर्माण पक्षले जनाएको छ । चलचित्रमा डोल्पाली महिलाको पीडालाई कथात्मक ढुङ्गबाट उतारिएकाले डोल्पाली जनता चलचित्र प्रदर्शनको व्यग्र प्रतिक्षामा छन् ।

देशकै सुन्दर पर्यटकीय गन्तव्यभित्र पर्ने डोल्पालाई चलचित्र म्हेन्दुले देश विदेशमा चिनाउने पनि डोल्पालीको अपेक्षा छ । त्यतिमात्रै नभई भौगोलिक विकटताका कारण सामान्य औषधि उपचार नपाएरै ज्यान नै गुमाउनुपर्ने हिमाली महिलाको कारुणिक कथालाई समेत चलचित्रले उजागर गरेको निर्देशक देव नेपालले जानकारी दिए ।

चलचित्र म्हेन्दु डोल्पामा छायाङ्कन गरिएको दोस्रो चलचित्र हो । यसअघि विश्वप्रसिद्ध ‘क्याराभान’ फिल्मको छायाङ्कन माथिल्लो डोल्पाको जनजीवनमा आधारित रहेर निर्माण गरिएको थियो ।

देव नेपालको लेखन तथा निर्देशन रहेको चलचित्र म्हेन्दु करीब रु एक करोडको लागतमा निर्माण गरिएको निर्माता अर्जुनप्रसाद डोटेलले बताउनुभयो । दुर्गम हिमाली भेगको वास्तविकतालाई उजागर गर्न लाखौँ रकम खर्च गरेर डोल्पा पुगेर छायाङ्कन गरिएको र यसलाई माया गरिदिन निर्माता डोटेलले आग्रह गरे ।

समीक्षा मिडियाको ब्यानरमा निर्माण गरिएको चलचित्र म्हेन्दुका कलाकारमा दीपक डोटेल, भोला तिमल्सेना, रमेश सोडारी, चन्द्रमणि मुडबरी, सोनु राई, शान्ति घिसिङ, बाबुराज शाक्य, स्थानीय कलाकार लक्ष्मण देवकोटा, कालु राना, विन्दा थिङ, प्रतिक्षा खतिवडा, एस राजकुमारलगायतका कलाकारको अभिनय रहेको छ ।

रोहित विक्रम कार्कीले छायाङ्कन गरेको उक्त चलचित्रमा द्वन्द्व निर्देशन राजु किराँतीले गरेका छन् भने विमल डाँगी, मेलिना राई, सरोज कोइराला र कुमार लामा योञ्जनले चलचित्रमा सङ्गीत दिएका छन् ।