१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महाधिवेशनबाट उपाध्यक्ष र सचिवमा को-को निर्वाचित भए ?



अ+ अ-

चितवन । नेकपा एमालेको उपाध्यक्षमा अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि सार्वजनिक गरेका ६ जना नै निर्वाचित भएका छन् ।नतिजाअनुसार फराकिलो मतसहित उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, बिष्णु पौडेल र सुवास नेम्वाङ निर्वाचित भएका छन् भने घनश्याम भुसाल पराजीत भएका छन् । 

यस्तै सचिवमा टोपबहादुर रायमाझी, रघुबीर महासेठ, छविलाल बिश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिष्ट र पद्मा अर्याल निर्वाचित भएका छन् भने भीम आचार्य र टंक कार्की पराजित हुन पुगे ।