२२ भाद्र २०८३, सोमबार
,
Latest
कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस महाधिवेशनः नेविसङ्घ पूर्वअध्यक्ष महरद्वारा उम्मेदवारी घोषणा



अ+ अ-

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्ष नैनसिंह महरले नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । 

उहाँले आज यहाँ पत्रकार सम्मेलन गरी आफ्ना १४ एजेण्डासहित कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । कांग्रेसका युवा नेता महरले आफू कुनै पनि पदमा नदोहोरिने प्रतिबद्धता व्यक्त गर्दै पार्टीको क्रियाशील सदस्यतालाई व्यवस्थापन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । डडेल्धुराबाट महाधिवेशनमा निर्वाचित उहाँले एक व्यक्ति, एक पद, दुई पटक मात्र, प्रशिक्षण र मापदण्डका आधारमा क्रियाशील सदस्यता वितरण हुनुपर्ने, सरकार र पार्टी सञ्चालनका लागि ‘थिंक ट्यांक’ स्थापना गर्नुपर्ने बताउनुभयो ।

नेता महरले बीपी विचारको समयसापेक्ष कार्यान्वयन, व्यवहार र आचरणमा शुद्धता, आर्थिक पारदर्शिता तथा रुपान्तरणका लागि युवा कांग्रेस स्थापना, लोकतन्त्रको संस्थागत विकास एवं असल नेतृत्व, कुशल व्यवस्थापनलगायतका आफ्ना विभिन्न १४ एजेण्डाका बारेमा जानकारी गराउनुभयो । कांग्रेसको १४औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ ।