२२ भाद्र २०८३, सोमबार
,
Latest
कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन महिना एकीकरणको अभियान संचालन गर्ने ओलीको घोषणा



अ+ अ-

सौराह । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले नेताको झैं व्यवहार गर्न पार्टीका निर्वाचित केन्द्रिय पदाधिकारी तथा सदस्यहरुलाई निर्देशन दिनु भएको छ । अध्यक्ष ओलीले अवको तीन महिना एकीकरणको अभियान संचालन गर्ने घोषणा समेत गर्नु भयो । चितवनको सौराहामा जारी पार्टीको १० औं राष्ट्रिय महाधिवेशनको समापन गर्दै उहाँले पार्टीमा अनुशासन उलंघन सैह्य नहुने भन्दै त्यसै अनुसार काम गर्न पार्टीका अनुशासन आयोगका पदाधिकारी तथा सदस्यहरुलाई निर्देशन दिनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘अव तीन महिनासम्म पार्टीले एकीकरणको अभियान संचालन गर्नेछ । त्यो अभियान पार्टीका कार्यकर्ताहरुबीच हुनेछ । अरु पार्टीका कार्यकर्ताहरुलाई एमालेमा प्रवेश गराउन सो अभियान संचालन हुनेछ ।’

अध्यक्ष ओलीले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रिय सदस्यहरुलाई अहंकार नदेखाउन पनि आग्रह गर्नु भयो । उहाँले नवनिर्वाचित केन्द्रिय कमिटीका सदस्यहरुलाई जनताको सेवक बन्न र राष्ट्रको हितमा समर्पित भएर लाग्न सचेत गराउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘हामीलाई हेरेर कस्तो तरिका, कस्तो शैली, कस्तो बोलिबचन अपनाउने भनेर अरुका पार्टीका मानिसहरुले पनि अनुशरण गर्ने खालको हुनुपर्छ । हाम्रो आनीबानी नेता झैं हुनुपर्छ । कुनै पनि नेता घमण्डी, अहंकारी हुँदैन । अहंकारी मान्छे नेता हुँदैन । नेता भएपछि अहंकारी हुँदैन ।’ अध्यक्ष ओलीले यही मंसीर २५ र २६ गते केन्द्रिय कमिटीको बैठक बोलाउने र पार्टी पोलिटव्यूरो तथा स्थायी कमिटी गठन गर्ने जानकारी पनि गराउनु भयो ।