१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

खडेरीका कारण इथियोपियामा आठ लाख ४५ हजार मानिस विस्थापित



अ+ अ-

संयुक्त राष्ट्रसंघ । इथियोपियामा खडेरीका कारण ठूलो संख्याका नागरिक विस्थापित भएका छन् । साथै यहाँका लाखौँ पशु चौपाया पनि मरेको बताइएको छ ।संयुक्त राष्ट्रसंघले सो कुराको जानकारी दिएको हो । संयुक्त राष्ट्रसंघका अनुसार यहाँका ८ लाख ४५ हजार मानिस विस्थपित भएका छन् । उनीहरु खडेरीका कारण खाद्यान्न खोज्ने क्रममा विस्थापित हुन पुगेका संयुक्त राष्ट्रसंघले जनाएको छ ।

राष्ट्रसंघीय प्रवक्ता स्टेफान डुजारिकले इथियोपिया सरकारले यसका लागि काम त गरिरहेको तर पनि नागरिकहरु विस्थापित हुने र त्यहाँबाट खाद्यान्न र आश्रयका लागि अन्यत्रै जान लागेका बताउनुभएको छ । उहाँले यहाँका १५ लाखभन्दा बढी पशु चौपाया पनि मरेको जानकारी दिनुभएको छ । संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी एजेन्सीले काम गरिरहेको तर आवश्यक मात्रामा उनीहरुलाई सहयोग पुर्याउन नसकिएको पनि राष्ट्रसंघले जनाएको छ ।

साथै संयुक्त राष्ट्रसंघले यहाँका कतिपय स्थानमा मानवीय सहायता वितरण भइरहेको भए पनि सो पर्याप्त नभएको बताएको छ । इथियोपियाका अधिकांश क्षेत्रमा खडेरीको प्रभाव परिररहेको भन्दै यहाँका ४० लाख भन्दा बढी नागरिक प्रभावित भएको पनि बताएको छ ।