१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एट्लेटिको मड्रिडलाई पराजित गर्दै रियल मड्रिड लिगको दोस्रो स्थानमा



अ+ अ-

काठमाडौं । एट्लेटिको मड्रिडलाई पराजित गर्दै रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।

शनिबार राति भएको खेलमा रियल मड्रिडले एट्लेटिको मड्रिडलाई ३–१ गोलअन्तरले पराजित गर्न गरेको हो । रियल मड्रिडको जितमा कासिमिरो, सर्जियो रामोस र ग्यारेथ बेलले समान १/१ गोल गरे । यता, एट्लेटिको मड्रिडका लागि एन्टोनियो ग्रीजम्यानले गोल गरेका थिए ।

खेलको १६ औं मिनेटमा कासिमिरोले गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाएका थिए । २५ औं मिनेटमा घरेलु ग्रीजम्यानले गोल गरेपछि एट्लेटिको मड्रिडले खेल १–१ गोलको बराबरीमा ल्याएको थियो । तर खेलको ४३ औं मिनेटमा रामोसले पेनाल्टीबाट गोल गर्दै रिय मड्रिडलाई २–१ गोलको अग्रता दिलाए ।

बेलले ७४ औं मिनेटमा गोल गरेपछि रियल मड्रिडले खेल ३–१ गोलअन्तरले जित हात पारेको हो ।

जितपछि रियल मड्रिडले २३ खेलबाट ४५ अंक बनाएको छ । पराजित एट्लेटिको मड्रिडको समान खेलबाट ४४ अंक छ ।