४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

काम्दै र भोकभोकै विद्यालय जान्छन् चेपाङ बालबालिका

काम्दै र भोकभोकै विद्यालय जान्छन् चेपाङ बालबालिका
अ+ अ-

धादिङ । बेनिघाटरोराङ गाउँपालिका–२ सिमथलीका कालीबहादुर चेपाङको नौवटा बच्चा छन् । ज्यालामजदुरी गरेर मात्र परिवार पालेको चेपाङ परिवारको ६ जना बच्चा विद्यालय जान्छन् बाँकी भने मेलापात गरेर बसेका छन् ।  

खरले छाएको सानो छाप्रोमा आगो बालेर गुन्द्रीको भरमा रात काट्ने चेपाङ परिवारका बच्चाहरु विद्यालय पुगेर खाजा खान पाउँछन् भने घरमा बस्नेहरु ज्याला गरेको दिनमा खाना खाने गरेको उहाँको भनाइ छ । आफ्नो बारी छैन । भएको थोरै खोरियामा दुई महिनालाई पुग्ने अन्न फल्दैन । बाँकी समय हामी त भोकै हो । हामी गरिबलाई कसले हेर्छ र रु कालीबहादुरको भनाइ छ ।
    
मैलो फाटेका केही पुराना लुगाको भरमा वर्षौं काटेका चेपाङ परिवारका बालबच्चा गाउँ नजिकै रहेका विद्यालयमा जाँदासमेत पुरानो लुगा खाली खुट्टामा जाने गरेको देखिन्छ ।

कालीबहादुरको परिवारमात्र होइन सिमथलीका चेपाङ समुदायको दुःख उस्तै छ । घरमा खानेकुरा छैन । जाडो मौसममा अँगेनाको आगोको भरमा रात काट्नुपर्छ भने विद्यालय जानेहरुले दिउँसोको खाजाको भरमा बस्नुपर्ने हुन्छ भने घरमा भएकाहरुले ज्याला गरेको दिनमा मात्र खाना पाउने अवस्था रहेको कालीबहादुरले चेपाङ समुदायको कालो दिनको कथा सुनाउनुभयो ।

सिमथलीमा रहेको प्रजा आधारभूत विद्यालयमा आउने विद्यार्थीहरुको अवस्था हेर्ने हो भने पनि उस्तै छ । अधिकांश विद्यार्थी भोकै विद्यालय आउँछन् । विद्यालय आएपछि खाजा बनाउने ठाउँ हेर्छन् र दिउँसोको खाजाको पर्खाइमा बस्छन् । अघिल्लो दिनको खाजाले भोक लागेका विद्यार्थी छट्पटिएर शौचालय जाने बहानामा खाजा बनाएको हेरेर कक्षामा फर्कने गरेको टिठलाग्दो दृश्य हरेक दिन देख्न सकिने विद्यालयका शिक्षक अप्सरा मैनालीले बताउनुभयो ।

गत वर्ष विद्यालयमा आउने विद्यार्थीहरुको अवस्था नाजुक भएका कारण काठमाडाँैका समाजसेवी राधा श्रेष्ठले संयोजन गरी कपडा र स्टेसनरी वितरण गरिएको थियो तर एक वर्ष भइसक्दा पनि उनीहरु त्यही पुरानो कपडा र फाटेको जुत्तामा विद्यालय  आउनु उनीहरुको नियमितता भइसकेको छ ।

विद्यालय आउने तर घरमा अभिभावक नहुनेहरु झनै समस्यामा रहेका छन् । नियमित विद्यालय आउने ६ वर्षीय डेप चेपाङ र ८ वर्षीय कमल चेपाङको आमाले घर छाडेर हिँडेको लामो समय भयो । बाबु घरमै आउँदैनन् । ज्याला गर्न गएर १०÷१५ दिनमा फर्किन्छन् । मामाघरमा हजुरआमासँग बसेका उनीहरुको हालत खराब छ । विद्यालयको खाजामा जीवन चलेको छ । लगाउने लुगा  छैन । जाडोको सिरेटोले काम्दै विद्यालयको दृश्य नरमाइलो किसिमको हुने गरेको शिक्षक मैनालीको भनाइ छ ।

प्रजा आधारभूत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीमध्ये करिब २५ प्रतिशत हरेक दिन विद्यालयको खाजा खान पाइन्छ भनेर आउने गरेका छन् भने करिब ७५ प्रतिशत विद्यार्थी खाली खुट्टामा र विद्यालय पोशाक नलगाई विद्यालय आउने गरेका उहाँको भनाइ छ । 

घरमा खाने अन्न नभएका चेपाङ समूदायको बसोबास रहेको सिमथलीमा ७० घर छन् । छाप्रा बनाएर बसेको गाउँमा र विद्यालयमा खानेपानीसमेत छैन । विकासको सबै पूर्वाधारको पहुँचबाट टाढा रहेको सिमथलीवासीका लागि आयआर्जनको कुनै उपाय नभएपछि गाउँवासी ज्याला मजदूरी गर्न गाउँ छाडेर हिँड्ने र केही मानिस बच्चा भएकाले गाउँमै बसेर एक छाकको भरमा जीवन निर्वाह गरिरहेको कष्टकर जीवन देख्न सकिन्छ ।
    
बबुलाई खोलाले बगाएर मृत्यु भएपछि कठिन सङ्घर्ष गरेर बाँचिरहेका ११ वर्षीया मनमायाँ चेपाङ र १४ वर्षीय सन्तोष चेपाङको अवस्था झनै कठिन छ । घरमा केही नभएपछि कठिन जीवन बिताइरहेको चेपाङ परिवारको कथा जस्तै लागे पनि यो वास्तविकता नयाँ स्थानीय सरकार बनेपछि पनि गरिबहरुले एक छाक खानसमेत उस्तै अवस्था छ । 

नेताहरु भोट माग्न गाउँ आउँछन् के के गर्छौं भने पनि अवस्था भने अझैसम्म चेपाङ समुदायको परिवर्तन भएको छैन । रासस