१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोला प्रथाको पहिलो दिनमा सर्वोच्चमा सुनुवाइ प्रभावित, कानुन व्यवसायीले उठाए प्रश्न



अ+ अ-

काठमाडौं । गोला प्रथाबाट पेशी तोकेको पहिलो दिनमा नै सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ प्रभावित हुन पुगेको छ । 

गोला तानेर पेसी तोकिएअनुसार इजलास बसिरहेकै बेला बार पदाधिकारीहरुले न्यायाधीशहरूलाई भेटेर प्रधानन्यायाधीश नभएको अवस्थामा कसको नेतृत्वमा गोला प्रक्रिया अघि बढाइयो भन्ने प्रश्न उठाएपछि न्यायाधीशहरू इजसलाबाट फर्केका छन् ।

कानुन व्यवसायीले प्रधानन्यायाधीशको विषयमा अन्योल भएको भन्दै प्रश्न उठाएपछि बुधबारको इजलासमा सुनुवाइ प्रभावित हुन पुगेको हो ।  ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा कोरोना संक्रमण भएपछि सोमबारदेखि बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा उपचाररत छन् । 

नेपाल बार एशोसियसनले कामु प्रधानन्यायाधीश को हो ? भन्ने प्रश्न उठाएपछि न्यायाधीशहरू छलफलमा जुटेको बताइएको छ ।