१५ भाद्र २०८३, सोमबार
,
Latest
रसुवा बाढीमा परी निधन भएकाको पशुपति आर्यघाटमा निःशुल्क दाहसंस्कार गरिने रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिँदै ‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली रसुवा बाढीबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति रसुवा बाढी प्रकरणः ‘मेरो श्रीमान कहाँ हुनुहुन्छ ?’ सेनाद्वारा सात सयभन्दा बढी तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग झण्डै दुई महिनापछि मेची राजमार्गमा यातायात सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुचो र झाडुमा रमाउदै मुख्यमन्त्री शंकर पोखरेल !



अ+ अ-

बुटवल । प्रदेश नम्बर ५ को स्थापना भएको दिनको अवसर पारेर आज पूर्व पश्चिम महेन्द्र राजमार्ग वरपर सफाई गरिएको छ। मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वमा खटिएको टोलीले पूर्व नवलपरासीदेखि पश्चिम बर्दियासम्म एकै साथ राजमार्ग सफाई गरेको थियो ।

मुख्यमन्त्री पोखरेलले आफै झाडु बोकेर फोहोर उठाउँदै थिए । मन्त्रीको टोलीले बुटवलको पाखापानीबाट करिब एक किलोमिटर सफाई गरेको हो । मन्त्री पोखरेलका अनुसार प्रदेश सरकारले बुटवलको चारै नाकाबाट सफाई अभियान सुरु गरेको हुनाले आज यो कार्यक्रमको सुरु गरिएको हो ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले सहर सफाई भइरहे पनि राजमार्ग फोहोर बन्दै गएको भन्दै सबै स्थानीय सरकारलाई हरेक साता बिदाको दिन राजमार्ग सफाई अभियानमा जुट्न आग्रह गरे।

पोखरेलले आफ्नो घर वरपर सरसफाइ गरेपनि सडकहरु फोहोर थुपार्ने चलन रहेकाले उक्त चलन परिर्वतन गर्न सुझाव दिएका छन् । थलो भएको भन्दै उनले नियमित रुपमा घर वरपर रहेका बाटो र खोल्सामा फोहोर नफाल्न निर्देशन समेत दिएर ।

प्रदेश सरकारले पहिलो स्थापना दिवस फागुन ३ गते मनाउँदैछ। सरसफाईमा नेपाली सेना, शसस्त्र, जनपद प्रहरी, स्वयम सेबिका, स्थानीय तथा जनप्रतिनिधिहरुको सहभागिता छ।